काठमाडौं– क्राेएसियाले ५६ वर्षपछि विश्वकपमा एउटा राेचक इतिहास बनाएकाे छ। उसले ब्राजिलविरुद्ध शुक्रबार राती भएकाे क्वाटर फाइनल खेलमा पाएकाे एउटै मात्र माैकाकाे सदुपयाेग गर्दै खेललाई १–१ गाेलकाे बराबरीमा ल्याएकाे हाे।
याे अवस्था यसअघि १९६६ काे विश्वकपमा बनेकाे थियाे। शुक्रबार निर्धारित समयकाे खेल गाेलरहित बराबरीमा टुंगिएपछि ३० मिनेटकाे थप गरिएकाे समयमा १–१ गाेल गरेकाे थियाे। जसमा १०५ मिनेटमा नेइमारले पहिलाे गाेल गरेका थिए।
प्रत्युत्तरमा ११६ मिनेटमा ब्रुनाे पिट्काेभिचले हानेकाे गाेल ब्राजिली डिफेन्डरकाे खुट्टामा डिफ्लेक्ट भएर गाेल भएकाे थियाे।
पछि क्राेएसियाले पेनाल्टी सुटआउटमा ब्राजिललाई ४–२ गाेलले पराजित गर्याे। गत विश्वकपकाे फाइनल खेलेकाे क्राेएसियाले विश्वकपमा पहिलाे पल्ट ब्राजिललाई पराजित गरेकाे हाे।
क्राेएसियाकाे जितमा गाेलकिपर लियाेकाेभिच नायक सावित भए। उनले दाेस्राे हाफमा ब्राजिलकाे आधा दर्जन प्रहारलाई जाेगाएका थिए। ४ वटा पेनाल्टी प्रहार गरिएकाेमा ब्राजिलले २ वटा मिस गरेकाे थियाे। पहिलाे पेनाल्टी नै राेड्रिगाेले मिस गरेका थिए। चाैथाे पेनाल्टी मार्किन्याेसले मिस गरेपछि ब्राजिल बाहिरिएकाे थियाे। क्राेएसियाले चार वटै पेनाल्टीलाई गाेलमा परिणत गर्याे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।