काठमाडौं– ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको हो।
पहिलो निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। दुवै तर्फबाट भएका गोलका प्रयास असफल भए। नेइमारले ६४ मिनेटमा पाएको अवसर गुमाए।
त्यसपछि ३० मिनेटको अतिरिक्र समय थपियो। ३० मिनेटको पहिलो हाफ सकिनै लाग्दा ब्राजिलले अग्रता लिएको थियो। नेइमारले गोल गरेका हुन्।
तर, खेल सकिन ४ मिनेट बाँकी छँदा क्रोएसियाले बराबरी गोल फर्कायो। पेट्कोभिचले अतिरिक्त समयको पनि अन्तिमतिर अर्थात ११६ औँ मिनेटमा गोल फर्काएका हुन्।
निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा पनि गोल नभएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा ब्राजिलका रोड्रिगो र मार्किन्वोस चुकेका थिए। कासिमेराे र पेड्राेले गाेल गरेका थिए।
क्राेएसियाका लागि ४ जनै खेलाडी निकाेला भ्लासिच, लाेर्भाे मायर, लुका माेड्रिच र मिस्लाभ ओरसिचले गाेल गरेका थिए।
क्राेएसियाले ब्राजिललाई विश्वकपमा पहिलाे पल्ट हराएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।