काठमाडौं– नेइमारले आफ्नाे देशका महान खेलाडी पेलेकाे ७७ अन्तर्राष्ट्रिय गाेलकाे कीर्तिमानलाई बराबरी गरेका छन्।
क्राेएसियाविरुद्ध कतारमा जारी विश्वकपकाे क्वाटर फाइनल खेलकाे निर्धारित ९० मिनेटकाे खेल गाेलरहित बराबरीमा टुंगिएकाे स्थितिमा थप गरिएकाे ३० मिनेटकाे खेलकाे पनि पहिलाे हाफकाे १५ मिनेटकाे खेल सकिएर अतिरिक्त भएकाे एक मिनेटमा गाेल गरेका थिए।
उनलाई लुकास पाकेताले गाेलका लागि अगाडि बल मिलाइदिएका थिए। डिबक्सभित्र क्राेएसियाली डिफेन्डरलाई राम्राे डच दिँदै उनले अन्तर्राष्ट्रिय प्रतियाेगितामा ७७ गाेल पुरा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।