काठमाडौं– कतारमा जारी विश्वकपको क्वार्टरफाइनलअन्तर्गत अहिले क्राएसिया र ब्राजिलबीच खेल भइरहेको छ।
यसैबीच, पहिलो निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। दुवै तर्फबाट भएका गोलका प्रयास असफल भए। नेइमारले ६४ मिनेटमा पाएको अवसर गुमाए।
त्यसपछि ३० मिनेटको अतिरिक्र समय थपियो। ३० मिनेटको पहिलो हाफ सकिनै लाग्दा ब्राजिलले अग्रता लिएको छ। नेइमारले गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।