काठमाडौं– दाेस्राे हाफमा ब्राजिलकाे आधा दर्जन प्रयासलाई गाेलकिपर डाेमिनिक लिभाकाेभिचले डिबक्सभित्र जाेगाएपछि कतारमा जारी विश्वकपकाे पहिलाे क्वाटर फाइनलकाे निर्धारित ९० मिनेटकाे खेल गाेलरहित बराबरीमा टुंगिएकाे छ।
क्राेएसियाका लागि गाेलकिपर लभाकाेभिचले मात्र हाेइन, डिफेन्डर जुसेप जुरानाेभिच, डेयान लाेर्भेन, याेस्काे गार्भाडियाेल, बाेर्ना साेसाले उत्कृष्ट बचाउ गरे।
पहिलाे हाफमा ब्राजिली अग्रपंक्तिलाई डिबक्स वरिपरि खेल्न नदिने क्राेएसियाली रणनीति सफल भएपछि दाेस्राे हाफमा सुरु देखि नै ब्राजिल आक्रामक बनेकाे थियाे। सुरुकाे १५ मिनेटमा नेइमार, भिनिसियस र लुकास पाकेताले गाेलकाे अवसर गुमाएका थिए। उनीहरुकाे प्रहारलाई क्राेएसियाली गाेलरक्षकले बचाएका थिए।
भिनिसियस र रिचार्लिसन त्यति प्रभावशाली नदेखेपछि उनीहरुलाई क्रमश: ६४ र ८४ मिनेटमा प्रशिक्षक टिटाेले निकाले। यिनीहरुकाे ठाउँमा राेड्रिगाे र पेड्राे मैदान प्रवेश गरेका थिए।
क्राएसियाविरुद्ध ८० मिनेटमा राेड्रिगाेकाे पासमा डिबक्सभित्र पाकेताले हानेकाे प्रहारलाई गाेलकिपर लिभाकाेभिचले राेकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।