काठमाडौं– फाइनल थर्डमा ब्राजिलियन खेलाडीलाई खेल्न नदिने क्राएसियाली रणनीतिलाई लिभरपुलका पूर्व डिफेन्डर डेयान लाेर्भेनलगायतका खेलाडीले सफल तुल्याएपछि ब्राजिल पहिलाे हाफमा गाेलरहित बराबरीमा राेकिएकाे छ।
क्राेएसियाले पहिलाे हाफमा कुनै पनि समय ब्राजिलका खेलाडीलाई आफ्नाे डिबक्सभन्दा बाहिर खेल्न दिएन।
कतारमा जारी विश्वकपअन्तर्गत शुक्रबारदेखि क्वाटर फाइनलका खेलहरु सुरु भएका छन्। जसअन्तर्गत अहिले पाँच पल्टकाे विश्व च्याम्पियन ब्राजिलकाे भिड्न्त गत विश्वकपकाे फाइनल पुगेकाे क्राेएसियासँग भइरहेकाे छ।
यसअघि १३ मिनेटमा क्राेएसियाका इभान पेरिसिकले राम्राे अवसर पाएका थिए। तर गाेल गर्नबाट चुके। जुरानाेभिचले दायाँ कुनाबाट डिबक्समा क्रस गरेकाे बल ६ यार्ड भित्र रहेका पेरिसिकले छाेएकाे भए मात्र गाेलमा परिणत हुन्थ्याे। तर उनी बललाई छुन चुके।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।