काठमाडौं– ब्राजिलका थियागाे सिल्भा र क्राएसियाका लुका माेड्रिच ६४ वर्षपछि विश्वकपमा प्रतिस्पर्धीकाे रुपमा उत्रिने ३७ वर्षमाथिका पाका खेलाडी बन्न सफल भएका छन्।
सिल्भाकाे उमेर ३८ छ र माेड्रिच पनि ३७ वर्षमा छन्। उनीहरु शुक्रबार विश्वकपकाे क्वाटर फाइनल स्पर्धाका लागि भिडिरहेका छन्।
यसअघि सन् १९५८ काे विश्वकपमा जर्मनीका फ्रिट्ज वाल्ट ३७ वर्ष र स्वीडेनका गनर ग्रीन ३७ वर्षकाे उमेरमा सेमिफाइनलमा एक अर्कासँग भिड्न मैदानमा उत्रिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।