दोहा– बार्सिलानोका स्टार रोबर्ट लेवान्डोस्कीले साउदी अरेबियाविरूद्ध शनिबार रातिको खेलमा गोल गरेपछि आफ्नो आँखाबाट आसु थाम्न सकेनन्। ४ दिनअघि कतार विश्वकपको पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेल्नुपर्दा उनले पेनाल्टीको अवसर गुमाएका थिए।
तर, शनिबार २–० ले विजयी खेलमा उनले देशका लागि विश्वकपमा पहिलो गोल गरे। साउदीसँगको सफलतापछि पोल्याण्डको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना जिवित भएको छ।
‘जति उमेर ढल्किँदै गइरहेको छ, त्यति नै म भावुक पनि बने। विश्वकप खेल्न आउँदा म सर्तक थिए, यो मेरो अन्तिम पनि हुनसक्छ भनेर,’ ३४ वर्षीय स्ट्राइकरले भने, ‘जब मैले गोल गरेँ, मैले देखेको सपना र गोलको महत्त्व, मेरोभित्रबाट पोखियो। मैले बाल्यकालमा देखेको सपना आज पूरा र सत्य सावित भएको छ।’
मेक्सिकोसँगको पहिलो खेलमा लेवान्डोस्कीको पेनाल्टीलाई गोलकिपर गुइलेर्मो ओचोवाले रोकेका थिए। तर, शनिबार साउदीविरूद्ध पोल्याण्डका गोलरक्षक बोइसिख स्टेन्सनेक गोल जोगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।