• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

रंगीन विगत, प्रभावशाली वर्तमान

64x64
नेपाल लाइभ बुधबार, मंसिर ७, २०७९  १७:११
1140x725

काठमाडौं– विश्वकप दावेदार मानिएको अर्जेन्टिनालाई पराजित गर्न जसले मैदान बाहिर बसेर रणनीति बुने, विश्व चर्चित खेलाडी लिओनल मेसीलाई स्तब्ध पारे र पूरै एसियाली फुटबलको अनुहारमा नयाँ रौनक थपे, उनी हुन्– साउदी अरेबियाका ५४ वर्षीय प्रशिक्षक हार्भे रेनार्ड। जो अहिले चर्चाको शिखरमा छन्। 

रेनार्डलाई नचिन्नेहरू उनी चाहिनेभन्दा बढी गम्भीर भएको आरोप लगाउँछन्। तर, उनीहरू रेनार्डको जीवनको अर्को पाटोसँग बेखबर छन्। रेनार्डलाई थाहा छ, आफ्नो जिम्मेवारी कसरी बहन गर्ने भन्ने। त्यसैले त उनी फुटबल र परिवारीक जिम्मेवारीलाई उत्तिकै गहनताका साथ उठाइरहेका छन्। 

रेनार्डको दाम्पत्य जीवन रंगीन मात्र होइन, निकै रोचक छ। उनकी श्रीमती भिभियान दाये सेनेगलको राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक ब्रुनो मेट्सुको पूर्व पत्नी हुन्, जसको सन् २०१३ मा क्यान्सर रोगका कारण मृत्यु भएको थियो। 

मंगलबार राति अर्जेन्टिनालाई पराजित गर्दै जसरी रेनार्ड विश्व चर्चित बन्न पुगे, त्यस्तै २० वर्षअघि सन् २००२ को विश्वकपमा विश्व च्याम्पियन फ्रान्सलाई स्तब्ध पार्दै सेनेगलका प्रशिक्षक मेट्सु पनि चर्चामा आएका थिए। 

मेट्सुको निधनपछि रेनार्ड र दायेले विवाह भएको हो। अहिले यो जोडीबाट तीन सन्तान छन्। रेनार्ड मोरक्कोको प्रशिक्षक भएको बेला दायेसँग भेट भएको थियो। यही सम्बन्ध विस्तार हुँदै विवाहमा परिणत भयो। 

रेनार्डका तीन सन्तान क्यान्डिस, केभिन र ओड्रे हुन्। क्यान्डिसको फ्रान्समा छुट्टै नाम छ। उनी फ्रान्सको रियालिटी टिभीकी प्रस्तोता हुन्। पिता मोरक्कोको प्रशिक्षक हुँदा उनीमाथि एक पल्ट आक्रमण पनि भएको थियो। आइभोरी कोस्टविरूद्ध खेलमा क्यान्डिस आफ्नो बुवालाई ड्रेसिङ रूम बाहिर पर्खेर बसेकी थिइन्।

त्यति नै बेला स्थानीय समर्थकले उनीमाथि हमला गरे। उनलाई स्ट्रेचरमा हालेर लैजानु परेको थियो। त्यतिबेला रेनार्डले भनेका थिए, ‘कस्तो खाले मानिस होलान्। यसरी पनि मेरो छोरीसँग व्यवहार गर्न मिल्छ?’

metsu1669201828.JPG

Ncell 2
Ncell 2
nimb
nimb

भिभियानको मूलघर सेनेगल हो। उनी मेट्सुसँग बिहे भएपछि धर्मान्तरण गर्दै मुस्लिम बनेकी थिइन्। 

रेनार्डलाई भेट्नुअघि उनको मोरक्कोमा खेलकुदको सामान पाउने दोकान थियो। मेट्सुबाट उनको तीन जना बच्चा थिए– इन्जो, नोहा र माएभा। मेट्सुको पहिलो श्रीमतीबाट पनि एउटा सन्तान जन्मिएका थिए– रेमी। जसको हेरचाह पनि उनैले गरेकी थिइन्। 

मेट्सुको निधनपछि गल्फ पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा भिभियानले भनेकी थिइन्, ‘मैले मेट्सुसँग अविस्मरणीय समय बिताए।’

रेनार्ड, जसको जन्म फ्रान्समा भएको हो। उनी विशेष समयमा आफ्नो भाग्यमानी सेतो सर्ट पहिरिने गर्छन्। अर्जेन्टिनालाई पराजित गरेको खेलमा पनि उनी त्यही सेतो सर्टमा सजिएका थिए। 

प्रशिक्षक बन्नुअघि रेनार्ड औसत खेलाडी थिए। सन् १९९८ मा घुँडाको समस्याका कारण उनले फुटबल करिअरबाट बिदा लिनुपर्‍यो। 

उनले प्रशिक्षकको भूमिका सानो लिग क्लब एससी ड्रयुइगनानबाट सुरु गरे। जीविका चलाउन प्रशिक्षणसँगै सरसफाइको कम्पनी पनि खोल्नुपर्‍यो।  

सुरुवाती दिनमा उनले चीन र भियतनामको क्लबमा सहायक प्रशिक्षकको भूमिका निर्वाह गरे। सन् २००४ मा बेलायतको क्याम्ब्रिज युनाइटेडमा पनि आबद्ध भए। तर, क्याम्ब्रिज रेलिगेशनमा झरेपछि उनले केही महिनामै जागिर गुमाउनुपर्‍यो। २६ मध्ये यतिबेला ४ खेलमा मात्र उनको जादु चल्यो।

प्रशिक्षकको रूपमा उनको भाग्योदय सन् २०१० देखि सुरु भयो, जब उनी एसिया र अफ्रिकी देशतर्फ मोडिए। सन् २०१२ मा अफ्रिकी कप अफ नेसन्समा जाम्बिया र २०१५ मा आइभोरी कोस्टलाई जिताएपछि रेनार्डको परिचय फेरियो

तीन वर्षअघि उनले साउदी अरेबियाको राष्ट्रिय टोलीसँग सम्झौता गरेका थिए। सन् २०१८ को विश्वकपमा मोरक्कोलाई पहिलो चरणबाट माथि उठाउन नसकेपछि उनलाई बर्खास्त गरिएको थियो। 

तर, यसपाली विश्वकपमा उनले जुन काम गरेका छन्, त्यो लामो समय फुटबल समर्थकको स्मरणमा ताजा रहने पक्का छ।

–एजेन्सीहरूबाट

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:११
  • #FiFA
  • #AFC
  • #SaudiArebia
  • #Argentina
  • #WorldCupQatar
  • #WorldCup2022

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो)
सम्बन्धित सामग्री
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई ३–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार सातौं जित... आइतबार, असोज ४, २०८३
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित सिटीले च्याम्पियनसिप क्लब नर्विच सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनाएको छ। शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्