• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पोखरा विमानस्थलको ‘बाधक’ हटाउनै सकस

64x64
रिखिराम जिसी सोमबार, कात्तिक २१, २०७९  २१:१९
1140x725

पोखरा– नेपाल नागरिक उड्ड्यन प्राधिकरण आउँदो अंग्रेजी नयाँ वर्षको छेको पारेर मध्यपुसदेखि पोखरा विमानस्थलबाट उडान सुरु गर्ने घोषणा यसअघि नै गरिसकेको छ। तर उडानको मिति आउन २ महिनाभन्दा कम समय बाँकी रहँदा विमानस्थलका सञ्चालनमा देखिएका समस्या समाधान गर्न अझै सुरु भएको छैन। 

विमानस्थल सञ्चालनका लागि बाधकको रुपमा रहेको पूर्वट्टीको रिठेपानी डाँडा कटानको काम अझै सुरु हुन सकेको छैन। ल्याण्डफिल साइटको पनि अहिलेसम्म टुंगो लागेको छैन। विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक र तेल भर्न आवश्यक आयल डिपो बन्न सकेका छैनन्।

४० मिटर डाँडा कटानका लागि विमानस्थल आयोजनालाई वन मन्त्रालयले केही समयअघि स्वीकृति दिएपनि कटानको काम हालसम्म सुरु हुन सकेको छैन। विमानस्थल आयोजना प्रमुख विनेस मुनकमी केही दिनमा डाँडा कटान सुरु हुने दाबी गर्छन्। ४० मिटर डाँडा कटानका लागि स्वीकृत भएपनि १४ मिटर काटेपछि नै परीक्षण उडान गर्न सकिने विमानस्थल प्रमुख मनकमीले बताए। भौतिक निर्माणका हिसाबले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जहाज उडानका लागि तयार छ। धावन मार्ग, टर्मिनल भवन र अरु उपकरणको चाँजोपाँजो सबै मिलिसकेको छ। 

रिठेपानी डाँडा कटानपछि उपकरण परीक्षण उडान अर्थात क्यालिब्रेसन उडान गरिने विमानस्थल आयोजना प्रमुख मुनकमी बताउँछन्। ‘नोभेम्बर, डिसेम्बरभित्रै क्यालिब्रेसन उडान हुन्छ। त्यसपछि नै आउँदो अंग्रेजी नयाँ वर्षको छेको पारेर मध्यपुसदेखि पोखरा विमानस्थलबाट उडान सुरु गर्ने तयारी छ,’ उनले भने। 

विमानस्थल सञ्चालनका लागि नजिककै रहेको ल्यान्डफिल साइट सार्नुपर्ने हुन्छ, तर अहिलेसम्म पोखरा महानगरपालिकाले ल्यान्डफिल साइटका लागि विकल्प तयार पार्न सकेको छैन। ल्यान्डफिल साइटको विकल्पका लागि महानगरको टोली फोहोरबाट बिजुली र मल निकाल्ने प्रविधि बुझ्न हेटौंडाहुँदै धरान र भारतको दिल्लीसम्मको अध्ययन अवलोकन भ्रमण गरिसकेको छ। फोहोर लगेर थुप्रो लगाउने ल्यान्डफिल साइटभन्दा पनि नयाँ विकल्प खोजी भइरहेको पाखरा महानगरपालिकाका मेयर धनराज आचार्य बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक निर्माण भएको छैन। तेल भर्न आवश्यक आयल डिपो बनेको छैन। नेपाल आयाल निगमलाई जग्गा छुट्याएर ३ वर्षअघिदेखि तोकेता गरेको आयोजना प्रमुख मुनकमी बताउँछन्। ‘उहाँहरूले २७ हजार लिटरको साधन तयार पारेका छौं भन्नुभएको छ,’ उनले भने। अहिले चलिरहेको पोखरा विमानस्थलकै डिपोको तेल गाडीमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा दिने निगमको तयारी छ। 

पोखरा महानगरपालिका वडा नम्बर १४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको थियो। विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समय सीमाभन्दा ६ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको थियो। कोभिडका कारण विमानस्थल निर्माण ढिला पूरा भएको हो। निर्माण कम्पनीका तर्फबाट चिनियाँ सरकारले विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। 

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मादण्डअनुसार फोरडी मोडलमा बनेको पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२०  वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन्। २५ सय मिटर लामो धावनमार्ग भएको विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ। चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा निर्मित पोखरा विमानस्थल घाटामा जाने र यहाँबाट अन्तर्राष्ट्रिय उडान सम्भव नभएको भन्दै आलोचना पनि हुँदैआएको छ। 

आयोजना प्रमुख मुनकमीले क्यालिब्रेसन उडानपछि नै वायुसेवा कम्पनीहरुलाई आह्वान गरिने जानकारी दिए। तर पोखरासम्म अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउन पायक पर्ने भारत गोरखपुरतिरको आकाशे मार्ग भारतले अझै दिएको छैन। त्यसका लागि यो विमानस्थल निर्माण सुरु गर्दादेखि नै कुरा उठेको थियो। नेपाल सरकारले त्यसबारे कुनै कूटनीतिक पहल गर्न सकेको छैन। 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) डोल्पाको ठुलीभेरी नगरपालिका–८ स्थित जुफाल विमानस्थल पुग्ने यात्रुलाई मुकुटेश्वरी हिमालको मनमोहक दृश्यले सहजै आकर्षित गर्छ। शुक्रबार, असोज २, २०८३
काँक्रेविहारमा लगानी बढाउँदै कर्णाली, पर्यटन गन्तव्य बनाउने तयारी सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ। आइतबार, भदौ २८, २०८३
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ। सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्