• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गण्डकीमा माओवादीका उम्मेदवार: प्रचण्ड बाहेक सबैलाई कांग्रेसको भर

64x64
रिखिराम जिसी बुधबार, कात्तिक १६, २०७९  ०७:१३
1140x725

पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्छन्। यसअघि लडेका ३ वटै संसदीय निर्वाचनमा प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। यस पटक पनि सोही नियति दोहोरिएको छ। 

अघिल्लो संसदीय निर्वाचनमा चितवन- ३ बाट विजयी हुँदै संसद् छिरेका उनी यसपालि भने गोरखा- २ पुगेका छन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड चितवन- ३ बाट ४८ हजार २ सय ७६ मत प्राप्त गरेर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याएका थिए। 

पटक-पटक चितवन- ३ बाट उठ्ने भाषण दिएका प्रचण्ड मनोनयन दर्ता गर्ने बेलासम्म आफ्नो अडानमा टिक्न सकेनन्। उनी उठ्ने भएपछि गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बाटो खाली गरिदिए।

यसअघि प्रचण्डले २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा रोल्पा- २ र काठमाडौं- १० बाट जित हासिल गरेका थिए। २०७० को निर्वाचनमा सिरहा- ५ बाट झिनो अन्तरले विजयी हुँदा काठमाडौं- १० बाट भने पराजित हुन पुगे। 

गत वैशाख ३० गते भएको स्थानीय तहको नजिता हेर्ने हो भने चितवन- ३ भन्दा गोरखा- २ प्रचण्डलाई सहज देखिन्छ। यही सहजता देखेर नै प्रचण्ड गोरखा- २ गएको धेरैको अनुमान छ।

केपी शर्मा ओलीको सरकार ढाल्न महत्वपूर्ण भूमिका खेलेका प्रचण्ड नेपाली राजनीतिमा हलचल ल्याउन माहिर देखिन्छन्। केपी ओली सरकार ढालेर नेपाली कांग्रेसका शेरबहादुर देउवालाई सरकारको चाबी सुम्पिएका प्रचण्ड गठबन्धन गरेर चुनावी मैदानमा छन्। 

प्रचण्ड पूर्वप्रधानमन्त्री भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठकै समर्थनमा उनीहरुको क्षेत्रमा उम्मेदवार बनेका छन्। गठबन्धन बनाएर चुनावमा गएको माओवादी दोस्रो ठूलो पार्टी बन्ने दाउमा देखिन्छ।

माओवादीका प्रतिनिधि सभा प्रत्यक्षतर्फ गण्डकी प्रदेशमा ४ जना उम्मेदवार छन्।  प्रचण्ड गोरखाबाट उम्मेदवार बन्दा महासचिव देव गुरुङ लमजुङबाट उम्मेदवार बनेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ कास्की- ३ र नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल बागलुङ- २ बाट उम्मेदवार बनेका छन्।

गत स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्ने हो भने प्रचण्डको निर्वाचन क्षेत्र सुरक्षित देखिन्छ भने अन्य ३ जना उम्मेदवार कांग्रेसको भर पर्नुपर्ने देखिन्छ। 

प्रचण्ड सुरक्षित
स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार गोरखा- २ मा माओवादी केन्द्र पहिलो पार्टी हो। स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत अनुसार उक्त क्षेत्रमा माओवादीले २२ हजार २ सय ५०, नेपाली कांग्रेसले २१ हजार १ सय ३६, एमालेले ७ हजार ९ सय २६, जसपाले ७ हजार ५ सय ४ र राप्रपाले ८ सय ७८ मत प्राप्त गरेका छन्।

Gorkha_21667232887.jpg

माओवादी एक्लै सो क्षेत्रमा पहिलो स्थानमा छ। एमाले गठबन्धनबाट अन्य दलसँग मिल्दा पनि माओवादीभन्दा पछि हुन्छ। त्यस क्षेत्रमा माओवादीलाई कांग्रेस सहितका गठबन्धनका दलहरुको साथ रहेकाले फराकिलो मतान्तरसहित प्रचण्ड विजयी हुने देखिन्छ। 

सो क्षेत्रमा एमालेबाट अब्दुश मियाँले उम्मेदवारी दिएका छन्। उनी केही समयअघि मात्र विवेकशील साझा पार्टीबाट एमाले प्रवेश गरेका थिए। जनतामाझ नभिजेका प्रतिस्पर्धी भएपछि प्रचण्डको जित थप सहज बनेको माओवादी नेताहरूको बुझाइ छ।

‘दुई गुरुङ’को प्रतिस्पर्धा
माओवादी केन्द्रमा महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यका लागि लमजुङबाट चुनावी मैदानमा छन्। गठबन्धनबाट चुनावी मैदानमा होमिएका गुरुङलाई गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एमालेका पृथ्वीसुब्बा गुरूङ चुनौती बनेका छन्।

Lamjung1667232889.jpg

अघिल्लो निर्वाचनमा एउटै गठबन्धनबाट विजयी भएका यी दुई गुरुङको प्रनिस्पर्धा निकै रोचक हुने देखिएको छ। २०७४ सालको निर्वाचनमा प्रदेश सभामा जितेर गण्डकी प्रदेशको मुख्यमन्त्री भएका पृथ्वी सुब्बा गुरूङ अहिले संघमा लड्दै छन्।

यसअघि २०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनबाट प्रतिनिधि सभाका लागि लमजुङबाट देव गुरुङ र सोही गठबन्धनबाट प्रदेश सभामा लमजुङ प्रदेश सभा ‘ख’बाट पृथ्वी निर्वाचित भएका थिए।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले ४० हजार १ सय ९७, कांग्रेसले ३५ हजार २ सय ७६, माओवादीले ६ हजार १ सय २७, राप्रपाले १ हजार १ सय ८४ र जसपाले १ सय ९० मत ल्याएका छन्।

स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको नतिजाअनुसार सिंगल-सिंगलमा एमाले अगाडि छ। तर माओवादी-कांग्रेस गठबन्धनसहित चुनावी मैदानमा छन्। माओवादीबाट उम्मेदवार बनेका गुरुङलाई जित्न भने कांग्रेसको भर पर्नुपर्ने देखिन्छ। 

देवेन्द्रलाई गठबन्धनकै भर
अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट विजयी हुँदै मन्त्री बनेका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल पुनः सांसद बन्ने लक्ष्यसहित बागलुङ क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा छन्।

२०७४ सालको चुनावमा उनले कांग्रेस उम्मेदवार नरबहादुर पुनलाई ८ हजार ९ सय २२ मतान्तरले हराएका थिए। पौडेलले २८ हजार ८ सय २७ मत र कांग्रेसका पुनले १९ हजार ९५ मत प्राप्त गरेका थिए। 

Baglung_21667232887.jpg

कांग्रेसलाई हराएर मन्त्री बनेका पौडेल अहिले कांग्रेसकै गठबन्धनमा चुनावी मैदानमा छन्। उनको प्रतिस्पर्धीको रुपमा एमालेकी मञ्जु शर्मा चालिसे छिन्। एमालेकी उम्मेदवार मञ्जुले गत स्थानीय चुनावमा गल्कोट नगरपालिकाको मेयरमा कांग्रेसबाट बागी उठेर एक्लै ३ हजार ५ सय मत ल्याएकी थिइन्।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एमालेले १९ हजार ३०, कांग्रेसले १७ हजार ७५१, माओवादीले ९ हजार ७५१, राजमोले ६ हजार ६७८, नेकपा एसका उम्मेदवारले ३८८ मत प्राप्त गरेका छन्।

सो निर्वाचनको मतका आधारमा एमाले पहिलो शक्ति हो। माओवादी तेस्रो स्थानमा छ। माओवादीलाई कांग्रेस सहितको गठबन्धनको साथ रहँदा एमाले एक्लै छ। जसले गर्दा चुनाव थप रोचक हुने देखिएको छ। 

रामजीलाई कांग्रेसकै भर 
२०७४ को प्रदेश सभा निर्वाचनबाट कास्की- ३ ‘क’बाट निर्वाचित भएका माओवादी नेता रामजीप्रसाद बराल ‘जीवन’ अहिले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्।

गण्डकी प्रदेशका अर्थमन्त्री भइसकेका बरालले नेपाली कांग्रेसकी शारदा पौडेललाई २ हजारको मतान्तरले पराजित गरेका थिए। बरालले १५ हजार ८ सय २३ कांग्रेसकी पौडेलले १३ हजार ५७ मत प्राप्त गरेकी थिइन्। 

बराल अहिले प्रदेश सभाबाट प्रतिनिधि सभातर्फ आएका छन्। उनले प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट कास्की- ३ मा उम्मेदवारी दिएका छन्। उनीसँग एमालेका दामोदर बैरागी प्रतिस्पर्धी छन्। बराल सत्ता गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार हुन्।

Kaski_3_Pratinidhi_sava_21667232889.jpg

सो निर्वाचन क्षेत्रमा २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार जगत विश्वकर्माले ३२ हजार ६ सय ९० मत ल्याएर विजयी भएका थिए। कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३ सय ४ मत प्राप्त गरेका थिए।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा सत्ता गठबन्धन र एमालेको अवस्था प्रतिस्पर्धात्मक देखिन्छ। माओवादी पार्टीको तर्फबाट उम्मेदवार भएका बराललाई सो क्षेत्रमा आफ्नै पार्टीको आधार बलियो नहुँदा निर्वाचनमा जित्न चुनौतीपूर्ण हुने देखिन्छ। अर्थात्, बराललाई चुनाव जित्न कांग्रेसको भर पर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ०७:१३
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
प्रधानन्यायाधीश र न्यायाधीशहरुले राहत कोषमा १ करोड २४ लाख योगदान गर्ने बुधबार, भदौ १७, २०८३
बाढीपछि दक्षिण एसियाली विद्युत् नियमन खाका बनाउन कार्यदल गठन बुधबार, भदौ १७, २०८३
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी बुधबार, भदौ १७, २०८३
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्