काठमाडौं– इंग्लिस प्रिमियर लिगमा ११ खेल सकिँदासम्म शीर्ष स्थानमा रहेको आर्सनल युरोपा लिगमा भने पराजित भएको छ। बिहीबार राति भएको खेलम लिग लिडर आर्सनललाई डच क्लब पीएसभीले पराजित गरेको हो।
पीएसभीका लागि जोई भिरमान र लुक डी जोङले एक–एक गोल गरे। पराजित भएपछि आर्सनलले एक खेल बाँकी छँदै समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गर्ने अवसर गुमाएको छ। अब अन्तिम खेलबाट समूह विजेताको टुंगो लाग्नेछ।
आर्सनलको ५ खेलबाट १२ अंक छ भने समान खेल खेलेको पीएसभीको १० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।