काठमाडौं– युरोपा लिगमा बिहीबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ। युनाइटेडले पाहुना टोली शेरिफ टिरास्पोलमाथि ३–० को सानदार जित निकालेको हो।
युनाइटेडका लागि डिएगो डालोट, मार्कुस रासफोर्ड र क्रिस्टियानो रोनाल्डोले १–१ गोल गरे।
क्रिस्टिनसन इरिक्सनको पासमा ४४औं मिनेटमा डालोट र ६५औं मिनेटमा लुक शाको पासमा रास्फोर्डले गोल गरेर युनाइटेडको अग्रता दोब्बर बनाएका थिए।
टोटनहामविरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्न अस्वीकार गरेर खेल नसकी मैदान छाडेका रोनाल्डोले गत साता चेल्सीविरुद्धको खेल नै ‘ड्रप’ गरेका थिए। त्यसपछि युरोपा लिगमा फर्किएका रोनाल्डोले ८१ मिनेटमा गोल गर्दै युनाइटेडलाई सानदार जित दिलाए।
समूह ‘ई’ मा रहेको युनाइटेड ५ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ। समान खेल खेलेको रियल सोसिडाड १५ अंकसहित शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।