• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

पटक–पटकका प्रतिस्पर्धी, संसद् छिर्न जो यसपटक पनि भिड्दैछन्

64x64
रिखिराम जिसी सोमबार, कात्तिक ७, २०७९  १२:३०
1140x725

पोखरा– मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्याङ्जा १ बाट एमालेका नारायण मरासिनी तेस्रोपटक चुनावी मैदानमा छन्। पहिलो पटक २०७० को निर्वाचनमा उम्मेदवार बनेका मरासिनी त्यतिबेला कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए। उनलाई नेपाली कांग्रेसका राजु थापाले पराजित गरेका थिए। 

मरासिनी २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा दोस्रोपटक उम्मेदवार बने। २०७० सालमा आफूलाई पराजित गर्ने कांग्रेसका थापालाई नै पराजित गर्दै संसद् छिर्ने अवसर पाए। 

२०७४ को निर्वाचनमा मरासिनीले १० हजार ५६४ मतान्तरले कांग्रेस उम्मेदवार थापालाई पराजित गरेका थिए। मरासिनीले ३९ हजार २२६ र कांग्रेसका थापाले २८ हजार ६ सय ६२ मत प्राप्त गरका थिए। त्यतिबेला मरासिनी एमाले र नेकपा माओवादी केन्द्र बीचको वाम गठबन्धनका साझा उम्मेदवार थिए। 

आउँदो मंसिर ४ गते हुने निर्वाचनमा मरासिनी र थापा तेस्रोपटक आमनेसामने हुने भएका छन्। तर, यसपटक मरासिनीलाई अघिल्लोपटकको जस्तो ‘बलियो गठबन्धन’को समर्थन रहने छैन। मरासिनी एमाले ‘एक्लै’का उम्मेदवार छन् भने कांग्रेसका थापा माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनको साथमा मैदानमा छन्। 

सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि ३ स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दिएका छन्। तर मुख्य प्रतिस्पर्धा मरासिनी र थापाबीच हुने देखिन्छ। संसद् यात्रालाई निरन्तरता दिने चाहनाका साथ मैदानमा उत्रिएका मरासिनीलाई यसपटक अघिल्लो पटकको जस्तो सजिलो छैन। त्यसो त पटक–पटक ‘परीक्षण’ भइसकेका कांग्रेसका थापालाई पनि जित हासिल गर्न त्यति सहज छैन। 

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार यो क्षेत्रमा सत्ता गठबन्धन बलियो देखिएको छ। स्थानीय तहको निर्वाचनमा गठबन्धले ३९ हजार ४९४ र एमालेले ३६ हजार ८४५ मत प्राप्त गरेको थियो। बैशाखपछि पनि केही मतदाता थपिएका छन्। जसले गर्दा नयाँ मतदाता र चुनावी अजेण्डाले पनि नतिजामा फरक पार्न सक्छ। 

प्रतिनिधि सभा निर्वाचनका लागि पर्वतमा १२ जनाको उम्मेदवार परेको छ। प्रतिनिधि सभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको पर्वतमा गठबन्धनबाट उम्मेदवार बनेको कांग्रेसका अर्जुन जोशी र नेकपा एमालेबाट उम्मेदवार बनेका पदम गिरी मुख्य प्रतिस्पर्धी हुन्। जो यसअघि २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनका पनि प्रतिस्पर्धी हुन्। 

गिरी दोस्रोपटक र अर्जुन चौथोपटक संसद् छिर्ने योजनासहित चुनावी मैदानमा होमिएका छन्। कांग्रेसका जोशीले २०५६ सालको संसदीय चुनाव, २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचन र २०७० को दोस्रो संविधान सभा निर्वाचन जित हासिल गरेका थिए। २०७४ को निर्वाचनमा भने गिरीले जोशीको विजययात्रालाई रोकेका थिए। त्यतिबेला गिरी एमाले–माओवादीको वाम गठबन्धनका उम्मेदवार थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७४ को निर्वाचनमा गिरी ३९ हजार २७५ मत ल्याएर विजयी हुँदा जोशीले २६ हजार ८१९ मत प्राप्त गरेका थिए। एमालेका गिरीसँग झण्डै १२ हजार ४५६ मतान्तरले पराजित भएका जोशी यसपटक गठबन्धनको साथ रहेकाले त्यति नै मतान्तरले जित्ने दाबी गर्छन्। 

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका सो क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतका आधारमा एमाले गठबन्धनभन्दा अघि छ। एमालेका वडाध्यक्षका उम्मेदवारले ३५ हजार ७१६ मत पाएका थिए। कांग्रेस माओवादीसहितको गठबन्धनका उम्मेदवारले ३५ हजार २०४ मत पाएका थिए। जुन एमालेभन्दा करिब ५०० मत कम हो। 

गोरखा १ बाट प्रतिनिधि सभाका लागि एमालेबाट रामशरण बस्नेत र कांग्रेसबाट राजेन्द्र बजगाईं चुनावी मैदानमा छन्। बस्नेत र बजगाईंले यसअघि २०७४ को प्रदेश सभा निर्वाचनमा गोरखा १ को प्रदेश सभा १ बाट प्रतिस्पर्धा गरेका थिए।

त्यतिबेला वाम गठबन्धनका उम्मेदवार बनेका एमालेका बस्नेतले बजगाईंलाई पराजित गर्दै प्रदेश सभाको यात्रा निश्चित गरेका थिए। १६ हजार ६ सय ५६ मत पाउँदै विजयी भएका बस्नेत गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए। कांगेसका बजगाईंले १३ हजार १ मत प्राप्त गरेका थिए। 

यसपटक भने एमालेका बस्नेत एक्लै रहँदा कांग्रेसका बजगाईंलाई माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धनको साथ छ।

गएको स्थानीय तहको निर्वाचनमा पनि एमाले कमजोर देखिएको छ। गत बैशाख ३० गते भएको स्थानीय तहका निर्वाचनमा उक्त क्षेत्रमा गठबन्धनले ५५ हजार मत प्राप्त गर्दा एमालेले १४ हजार मत प्राप्त गरेको छ।

स्थानीय तहको प्राप्त गरेको मत तुलना गर्दा गठबन्धन तेब्बर मतले अघि देखिन्छ। यसकारण पनि गठबन्धन दल आफ्नो पक्षमा परिणाम आउनेमा ढुक्कजस्तै देखिन्छन्। उक्त क्षेत्रमा प्रतिनिधि सभातर्फ २०७४ सालमा वाम गठबन्धनबाट विजयी हरिराज अधिकारीले २९ हजार ८६० र कांग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६४३ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १२:३०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्