काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सव मनाएको छ।
सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ।
बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहककाबीच सम्पन्न कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मान समेत गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल नेत्र ज्योति संघलाई डा रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेसिन खरिद गर्नका लागि ४ लाख ८० हजार २५० रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल नेत्र ज्योति संघका बोर्ड सदस्य द्रोण गुरगाँईलाई उक्त रकमको चेक हस्तान्तरण गरे।
साथै बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतिक्षालय निर्माण गर्नका लागि गोदावरी नगरपालिका–३ सँग सम्झौता गरेको छ।
बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्ष सानुराजा घिमिरेले सम्झैतामा हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।