• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

रुपन्देही- २ : आफ्नो उम्मेदवारी खारेज भएपछि के गर्छ सत्ता गठबन्धन?

64x64
प्रतिक पौडेल बिहीबार, असोज २७, २०७९  १५:०३
1140x725

बुटवल- नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि रुपन्देही- २ ले चर्चा पाएको छ। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका गुरुङविरुद्ध परेको बैकिङ कसूरको उजुरीमाथि छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको हो। अब सत्ता गठबन्धनले सो क्षेत्रमा कसलाई समर्थन गर्छ भन्ने चासो पनि बढेको छ।

सत्ता गठबन्धन भने अहिले कानुनी परामर्शमा छ। नेपाल लाइभलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेस रुपन्देही- २ का सचिव प्रजापाल गिरीले निर्वाचन आयोगको निर्णय शंकास्पद रहेको बताए। गिरीले भने, ‘आयोगले राति १२ बजे निर्णय गर्छ। मध्यराति निर्णय गर्नु नै शंकास्पद छ।’

निर्वाचन अधिकृतले राजनीतिक नेतृत्वसँग छलफल नै गर्न नचाहेको गिरीको भनाइ छ। उनका अनुसार, अदालतले मुद्दा विचाराधीन भन्दाभन्दै आयोगले अयोग्य भन्नु त्रुटिपूर्ण हो। उनले निर्वाचन आयोगले निर्णय सच्याउनुपर्ने माग गरे। उनले यस विषयमा आफूहरुले कानुनी उपचार खोज्ने पनि प्रष्ट पारे।

यस्तै, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम विकका अनुसार, राजु गुरुङले कानुनी उपचारका लागि सर्वोच्च अदालतमा रिट दायर गरिसकेको र निर्वाचन आयोगमा पनि पत्राचार गरिसकेको बताए।

विकले प्रतिद्वन्द्वीले व्यक्तिगत लेनदेनकै विषयलाई लिएर षडयन्त्रपूर्वक ढंगले उम्मेदवारी खारेज गराइएको दाबी गरे। विक भन्छन्, ‘समस्या भए पनि कानुनमा त सात दिन म्याद दिनुपर्छ भन्ने छ। तर, गुरुङको उम्मेदवारी एकलौटी रातारात खारेज भएकोले यो घटना नै शंकास्पद देखिएको छ।’

निर्वाचन अधिकृतको भूमिका शंकास्पद  : सत्ता गठबन्धन
सत्ता गठबन्धनले बुधबार रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालामार्फत् निर्वाचन आयोगलाई ज्ञापन-पत्र बुझाएको छ। ज्ञापन-पत्र बुझाउँदै सत्ता गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पर्शुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा एकीकृत समाजवादीका नेता चीनबहादुर गुरुङ, जनमोर्चाका पदम श्रेष्ठ र नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि घर्तीमगरले निर्वाचन क्षेत्रका अधिकृत उदवीर नेपालीको भूमिका शंकास्पद रहेको भन्दै निष्पक्ष निर्वाचन हुनेमा आशंका गरेका छन्।

यो पनि पढ्नुहोस

विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज

अदालतमा मुद्दा विचाराधीन रहेको पत्र अदालतले निर्वाचन आयोगलाई पठाउँदासमेत त्यसको बेवास्ता गरी रुपन्देही-२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी रद्द गरिएको भन्दै गठबन्धनले आपत्ति जनाएको छ। हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) ले पुरस्कार पाए बापत भनेर उम्मेदवारी रद्द गरिएकाले त्यो पनि गैरकानुनी भएको जनाएका छन्। ‘वृद्धभत्ता, एकल महिला भत्ता, पेन्सन नपाउने र बेरोजगारले मात्र चुनाव लड्ने हो र?’, गठबन्धनको ज्ञापनपत्रमा भनिएको छ, ‘मुद्दाले दोषी ठहर नगरी अदालतको मानहानी गर्ने, जनताको मौलिक अधिकारप्रति अंकुश लगाउने काम भएको छ।’ 

ज्ञापन-पत्र बुझाएपछि नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम विकले रुपन्देहीका मुख्य निर्वाचन अधिकृतले आफूहरुसँग रुपन्देही- २ का निर्वाचन अधिकृतलाई तीन पटक फोन गरेर त्यसो नगर्न र कानुनसम्मत अघि बढ्न आग्रह गर्दा समेत खारेज गरेको बताएको दाबी गरे। विकले गुरुङको लोकप्रियतासँग डराएर प्रतिद्वन्द्वीले  निर्वाचन अधिकृतलाई फोन गरी उम्मेदवारी खारेज गर्न लगाएको आरोप लगाए।   

Ncell 2
Ncell 2

कानुनविद् भन्छन्- निष्पक्ष भूमिकामा प्रश्न चिह्न खडा भयो
नेपाल बार एसोसिएसनका केन्द्रीय पार्षद तथा अधिवक्ता सूर्य अधिकारी भन्छन्, ‘राजु गुरुङ र निकोलस भुसालमाथि अन्याय गरिएको छ।’ उनका अनुसार, अदालतमा विचाराधीन रहेको मुद्दामा अन्तिम टुंगो नलागेसम्म सजाय र जरिवाना एकिन हुँदैन। उनले भने, ‘गुरुङको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन अवस्थामा छ। त्यसैले गुरुङमाथि गलत भएको छ।’

अधिकारीले उम्मेदवारी खारेज गर्ने काम निर्वाचन आयोगको भएको तर निर्वाचन अधिकृतले नै अधिकारको दुरुपयोग गर्दै उम्मेदवार खारेज गर्नु गलत भएको बताए। अधिकारीले भने, ‘कालोसूचीमा भएको कुरा हो भने उम्मेदवारले सात दिन म्याद पाउनुपर्ने कानुनी व्यवस्था पनि छ। तर, गुरुङको सवालमा निर्वाचन अधिकृतले किन सिधै खारेज गरेका छन्, यसमा ठूलो प्रश्न चिह्न खडा भएको छ।’

अधिकारीले निर्वाचन आयोगको निष्पक्ष भूमिकामा प्रश्न चिह्न खडा भएको बताए।

अधिकारीले निकोलस भुसालमाथि पनि अन्याय भएको दाबी गरे। उनले अदालतले कैद जरिवाना नगरेसम्म जुनसुनै नागरिक पनि चुनावमा उठ्न पाउने बताए। 

उच्च अदालतको पत्र निर्वाचन कार्यालयद्वारा बेवास्ता
राजु गुरूङ आफैं अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने २ करोड २५ लाख रुपैयाँ नतिरेको भन्दै अदालतमा २०७६ मा बैंकिङ कसूर सम्बन्धी मुद्दा दायर भएको थियो। बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै उच्च अदालत पाटनमा रिट दायर भएको हो।

तर, उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको भन्दै उच्च अदालत पाटनले निर्वाचन अधिकृतको कार्यालय रुपन्देही- २ लाई असोज २५ मा पत्र नै पठाएर जानकारी गराइसकेको छ। तर, उच्च अदालतले पठाएको पत्रलाई पनि निर्वाचन कार्यालयले बेवास्ता गर्दै आएको गठबन्धनका नेताहरुको भनाइ छ।

गुरुङको उम्मेदवारी कायम नभए के होला?
राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै सत्ता गठबन्धनमा अहिले खैलाबैला मच्चिएको छ। गठबन्धन अहिलेसम्म उमेदवारविहीन अवस्थामा छ। नेपाली कांग्रेस रुपन्देही- २ का सचिव प्रजापाल गिरीका अनुसार, अहिले नै कसलाई उम्मेदवार बनाउने भन्ने भन्दा पनि आफूहरुको ध्यान निर्वाचन अधिकृतको बदमासीको कानुनी उपचारको विषयमा केन्द्रित रहेको छ। 

तर, बुटवल र तिलोत्तमा क्षेत्रमा भने गुरुङको उमेदवारी खारेज भएसँगै गठबन्धनले तत्कालका लागि राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र स्वतन्त्र उमेदवार रुपसिंह थापामध्ये कुनै एकलाई समर्थन गर्ने गरी छलफल सुरु भएको कार्यकर्ताबीच चर्चा चल्न थालेको छ।

यो पनि पढ्नुहोस

उम्मेदवारी खारेजीमा परेका चर्चित अनुहार

कांग्रेस नेता युवराज गिरीले विष्णु पौडेललाई नेताहरुकै कारण चुनाव जित्न सजिलो भएको प्रतिक्रिया दिए। गिरीले भने, ‘नेताहरूको अकर्मण्यताका कारण रुपन्देही- २ को मैदान खाली भयो। गिरीले सजिलै चुनाव जित्न सक्ने बेलामा गलत निर्णय भएको छ।’

निर्वाचन कार्यालयले निकाल्यो नयाँ सूची
प्रतिनिधि सभा निर्वाचन कार्यालय रुपन्देही- २ ले कानुनी बमोजिम कायम रहेका १५ उम्मेदवारको सूची मंगलबार राति प्रकाशन गरेको छ। जहाँ १८ जनाको उम्मेदवारी दर्ता भएको थियो। मंगलबार राति आयोगले कारबाही गरेपछि गुरुङ, डा निकोलस भुसाल र हिमाल बस्यालको उम्मेदवारी खारेज गर्दै १५ जनाको नाम प्रकाशित गरेको हो।

त्यसमध्ये ८ जना स्वतन्त्र हुन् भने अन्य विभिन्न राजनीतिक दलबाट छन्। स्वतन्त्र उम्मेदवारी दिनेहरूमा केशव बस्याल, टोप नारायण पौडेल, तारा घिमिरे, तुल्सीराम यादव, प्रदीप ज्ञवाली, रुपसिंह थापा, विष्णु विश्वकर्मा र सुरेन्द्र भारी छन्।

त्यस्तै, एमालेका विष्णु पौडेल, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाली कांग्रेस (बीपी)का नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेसनका दीपक थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र जनमुक्ति पार्टीका केशव बहादुर थापामगर रहेका छन्।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १५:०३
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम... शुक्रबार, माघ ९, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । शुक्रबार, माघ ९, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मे... बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित) शुक्रबार, माघ ९, २०८२
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्