• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी

64x64
प्रतिक पौडेल बिहीबार, माघ १९, २०७९  ०६:३५
1140x725

रुपन्देही– भैरहवाको बुद्धचोकमा एउटा विशाल भवन निर्माणाधीन छ। रुपन्देहीको सदरमुकाम सिद्धार्थनगर नगरपालिकाको केन्द्रभागमा रहेको उक्त भवन घिमिरे समूहको लगानीमा निर्माण भएको हो। जहाँ ५ तारे होटल सञ्चालनमा आउँदैछ।

सिद्धार्थ नगरपालिकामा आर्को एउटा भव्य संरचना निर्माण भएर संचालनको तयारीमा छ। नेपालकै प्रतिष्ठित होटल चेन सिद्धार्थ समूहको लगानीमा अञ्चलपुरमा रिसोर्ट तयार भइसकेको छ। यस्तै, बेलहिया, लुम्बिनी सडक आसपास पनि भव्य संरचना निर्माणाधीन छन्। 

होटल एसोसिएसन अफ नेपाल (हान)का केन्द्रीय सदस्य सीपी श्रेष्ठले भैरहवा सेरोफेरोमा मात्र करिब १० देखि १२ अर्ब लगानी होटलमा भएको बताए। यस बाहेक रुपन्देहीको होटल क्षेत्रमा भएको कुल लगानी हेर्ने हो भने करिब ३० अर्ब बढी रहेको श्रेष्ठ बताउँछन्।  

Hotel_Bhirahawa (4)1675235442.jpg

भैरहवा नेपाल भित्रने तेस्रो मुलुकका पर्यटकहरुको रोजाइमा परेको सीमा नाका भएको शहर हो। सिद्धार्थनगर नगरपालिका–१ बेलहिया हुँदै नेपालमा सबैभन्दा धेरै पैदलमार्गी पर्यटक भित्रन्छन्। सोही कारण पनि भैरहवा होटल व्यसायिका लागि रोजाइमा पर्दै आएको क्षेत्र हो। 

पहिले साना स्केलका होटलहरुमा लगानी राम्रै भएपनि तारे होटलहरु भने भैरहवामा कम नै थिए। तर, यस क्षेत्रमा सन् २०१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भएपछि भने होटलमा लगानी बढ्यो। राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका होटल चेनहरुले पनि यस क्षेत्रमा लगानी गरे। अहिले भैरहवा शहर आतिथ्यको क्षेत्रमा मोफसलकै राजधानी बन्ने संघारमा छ। 

तर, २०२२ मा निर्माण पूरा भएर सञ्चालनमा आएको विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनुको सट्टा उडान पनि घट्दै जान थालेपछि भने लगानीकर्तामा नैरश्यता छाएको छ। 

अरबौंको लगानी जोखिममा पर्ने उनीहरूको चिन्ता छ। होटल व्यवसायी महासंघका उपमहासचिव राजेश महोत्रा भन्छन्, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने देखेर यस क्षेत्रमा अरबौं लगानी भएको छ, विमानस्थल ओझेलमा पर्दा हामी जोखिममा पर्‍यौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

महोत्राले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि दबाब सिर्जना गर्न संघर्षका कार्यक्रम गर्नुपरे आफूहरु तयार रहेको बताए। 

Hotel_Bhirahawa (3)1675235624.jpg

भैरहवा मात्र होइन लुम्बिनी, बुटवल, तिलोत्तमा, सियारी लगायत रुपन्देहीका विभिन्न स्थानमा ठूलो लगानीका होटल बनिरहेका छन्। तीमध्ये केही निर्माणाधीन छन्। यी सबै होटलहरुको प्रमुख आधार भनेकै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हो। तर, विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा लगानीकर्ताहरू अहिले चिन्तित छन्। 

भैरहवा आसपासमा मध्यम तथा स्तरीय गरी करिब १ सय ४६ वटा होटल भएको हानका केन्द्रीय सदस्य श्रेष्ठको आकलन छ। सिद्धार्थ होटल संघमा मात्रै बाह्य पर्यटक केन्द्रित ८९ वटा होटल आबद्ध छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

Hotel_Bhirahawa (1)1675235441.jpg

बुद्ध जन्मस्थल लुम्बिनी नेपालको महत्त्वपूर्ण सम्पदासँगै विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र मानिन्छ। विश्वभरका बौद्धमार्गीहरू एकपटक लुम्बिनी आउने चाहना राख्छन्। लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि बौद्धमार्गी पर्यटकहरूको संख्या उल्लेख्य बढ्छ भन्ने अपेक्षा थियो।

तर, विमानस्थल सञ्चालन भएको आठ महिनासम्म उडान गरेको एउटा मात्रै एयरलाइन्सले पनि उडान स्थगित गरेपछि पर्यटक क्षेत्रमा गरिएको अर्बौं लगानी धराशायी बन्छ कि भन्नेमा व्यवसायीहरू चिन्तित बनेका हुन्। श्रेष्ठ भन्छन्, ‘अहिलेसम्म केवल खाडी मुलुक केन्द्रित उडान भएको छ। त्यो पनि एउटा मात्र विमानले उडान गरेको छ। पर्यटन क्षेत्रमा उल्लास आउनका लागि बुद्धिस्ट राष्ट्रमा उडान हुन अत्याअवश्यक छ।’ 

सरकारले हवाई रूट र आईएलएस (थोरै भिजिबिलिटी हुँदा पनि जहाज उडान–अवतरण गर्न सकिने उपकरण) सञ्चालनका लागि भारतसँग अनुमति नलिएसम्म विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन कठिन हुने देखिन्छ।  

अहिले जाडोयाममा मौसमकै कारण भिजिबिलिटी नपुगेको भन्दै आन्तरिकतर्फका उडान पनि नियमित हुन सकेका छैनन्। गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय सबैभन्दा उत्तम मानिन्छ। अधिकांश मुलुकका पर्यटकले यही अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन्। पर्यटक आउने मुख्य सिजनमै उडान नियमित हुँदैन।

विमानस्थल सञ्चालनपछि जजिरा एयरलाइन्सले एक सय ५४ वटा उडान र अवतरण गरेको थियो। जसबाट ३१ हजार ६ सय यात्रुले सेवा पाएका थिए। जजिराले यहाँ गर्दै आएको उडानलाई काठमाडौं केन्द्रित गरेको छ।

Hotel_Bhirahawa (2)1675235442.jpg

करिब ४३ अर्ब रूपैयाँ लगानीमा बनेको विमानस्थलले प्राधिकरणलाई हरेक महिना आर्थिक भार थपिरहेको छ। अन्तर्राष्ट्रिय उडान स्थगित भएपछि कर्मचारी फुर्सदिला बनेका छन् भने विमानस्थललाई आर्थिक भार थपिएको छ।

देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो बन्दै गएपछि त्यसको विकल्पको रूपमा यो विमानस्थल अगाडि बढाइएको थियो। ५० वर्षसम्मको अन्तर्राष्ट्रिय स्तरको उडान र अवतरण थेग्ने गरी निर्माण गरिएको दाबी गरिएको यो विमानस्थलबाट बोइङ ७७७, एयरबस ३३० सम्मका जहाज सहजै उडान र अवतरण गर्न सक्छन्।

विमानस्थलमा उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान (पार्किङ) शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ। ग्राउन्ड ह्यान्डलिङमा पनि ५० प्रतिशत छुट दिइएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्