काठमाडौं– रुपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ सत्ताढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ।
उक्त क्षेत्रमा एमालेबाट पूर्व अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल उम्मेदवार बनेका छन्। सोही क्षेत्रबाट उम्मेदवारी दिएका अन्य दुई जनाको पनि उम्मेदवारी खारेज भएको छ।
हाम्रो नेपाली दलका कमल भुसालविरुद्ध स्वतन्त्र उम्मेदवार विष्णु विश्वकर्मा र टोप नारायण पौडेलले दिएको उजुरी छानबिन गर्दा भुसालको योग्यता नपुगेकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ।
यस्तै आइतबार सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका स्वतन्त्र उम्मेदवार हिमाल बश्यालको पनि उम्मेदवारी खारेज गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।