काठमाडौं– नेपाली कांग्रेसले पार्टी र गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिएकाहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि ५ वर्षका लागि कारबाही गरेको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्ति अनुसार निर्धारित समयमा पनि पार्टीको निर्देशन नमानेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवाहरुलाई कारबाही गरिएको छ।
उनका अनुसार बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि कारबाही पार्टीका निस्कासित गरिएको छ।
कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो। कांग्रेसले गठबन्धन र लोसपासँग भएको सहमतिविपरीत बागी उम्मेदवारी दिने, त्यसमा प्रस्ताव र समर्थक हुनेहरूलाई कारबाही गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।