काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘संदिग्ध’ मानिस हुर्काउन भूमिका खेलेको आरोप लगाएका छन्।
तत्कालीन एमाले नेता प्रभु साहले मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिएपछि रावलले अध्यक्ष ओलीले ‘संदिग्ध’ व्यक्तिलाई हुर्काएको बताएका हुन्।
साहले विद्रोह गरेपछि ओलीले पहिलेदेखि नै ‘संदिग्ध चरित्र’ भन्ने अभिव्यक्ति दिएको रावलले बताएका छन्।
‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो। हरियो सर्प भनेको पनि आयो। संदिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि?,’ रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
रावलाई अध्यक्ष ओलीले प्रतिनिधि सभाका लागि टिकट नदिएपछि उनी आक्रोशित छन्। रावलको नाम अछाम–१ बाट एकल सिफारिस भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।