काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको कार्यसमितिको २७९ औं बैठक सोमबार सम्पन्न भएको छ।
कार्यसमिति बैठकमा संस्थाको विधानअनुसार अध्यक्ष पद्मिनी प्रधानाङ्गले संस्थाको उपाध्यक्षमा वरिष्ठ पत्रकार शरच्चन्द्र वस्ती, महासचिवमा चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मा र कोषाध्यक्षमा समाजसेवी सुनिता गुरुङ्ग मनोनित गरेका छन्।
असोज ७ गते सम्पन्न संस्थाको वार्षिक साधारणसभाबाट निर्वाचित सदस्यहरूमध्येबाट उक्त मनोनयन भएको हो। कार्यसमितिका अन्य सदस्यमा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, वरिष्ठ पत्रकार सिताराम अग्रहरि, उद्योगी महेन्द्र नारायण श्रेष्ठ, वरिष्ठ पत्रकार हरिबहादुर थापा र राष्ट्रिय व्यावसायिक पहल (प्रतिनिधि, श्री सरोज पाण्डे) रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।