काठमाडौं- यस वर्षको नोबेल शान्ति पुरस्कार पाउने एलेस बेलेस्की अहिले पनि जेलमा नै छन्। बेलारूसमा उनलाई विना कारण जेलमा राखिएको र तत्काल रिहाइ गर्नुपर्ने माग अधिकारकर्मीहरूले राखेका छन्।
६० वर्षीय बेलेस्की बेलारुसका अधिनायकवादी नेता अलेक्ज्याण्डर लुकासेन्कोद्वारा सडक आन्दोलन दबाउने कार्य रोक लगाउँदा एक संस्था स्थापना गरेका थिए।
बेलेस्कीले जेलमा परेका प्रदर्शनकारीहरू र तिनीहरूका परिवारहरूलाई बेलारूस अधिकारीहरूले राजनीतिक कैदीहरू विरुद्ध यातनाको प्रयोगको दस्तावेजीकरण गर्दै समर्थन गरेको थियो।
विपक्षी कार्यकर्ताहरूले लुकासेन्कोलाई सत्ता टिकाइराख्ने चुनावमा धाँधली भएको भन्दै सडकमा उत्रिएर विरोध प्रदर्शन गरेपछि उनलाई सन् २०२० मा पक्राउ गरिएको थियो।
सरकारी अधिकारीहरूले बारम्बार बेलेस्कीलाई चुप लगाउन खोजिएको उनकी श्रीमती रेस एन्डरसनले बताएकी छन्। उनको अहिलेको स्वास्थ्य थाहा नभएको समेत उनकी श्रीमतीले सञ्चार माध्यमहरूलाई बत्ताएकी छन्।
मानव अधिकार र लोकतन्त्रको पक्षमा लड्नेहरूले जिते नोबेल शान्ति पुरस्कार
नोबेल शान्ति पुरस्कार अधिवक्ता एलेस बेलेस्कीसहित रुस र युक्रेनका दुई संगठनलाई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।