मुम्बइ– ‘रामायण’मा आधारित फिल्म ‘आदिपुरुष’ टिजर आएदेखि नै विवादित बन्दै गइरहेको छ। टिजर देखेपछि धेरै हिन्दु धर्मावलम्बीले उक्त फिल्म ब्यान्ड गर्न माग गरेका छन्।
यहीबीच निर्देशक ओम राउतलाई सर्व ब्राह्मण महासभाका तर्फबाट नोटिस पठाइएको छ। नोटिसमा फिल्म निर्माताले माफी माग्नुपर्ने बताइएको छ।
ब्राह्मण महासभाका तर्फबाट अधिवक्ता कमलेश शर्माले पठाएको नोटिसमा भनिएको छ, ‘सात दिनमा फिल्मका सवै विवादित दृष्य हटाइयोस्। नत्रभने निर्माण पक्ष कानुनी लडाइँका लागि तयार रहोस्।’
सर्व ब्राह्मण महासभाका राष्ट्रिय अध्यक्षका तर्फबाट पठाइएको नोटिसमा अघि भनिएको छ, ‘फिल्ममा हिन्दु देविदेवतालाई गलत तरिकाले देखाइएको छ। छालाका जुत्ता र कपडा लगाइरहेको देखाइएको छ। यसैगरी देविदेवता अभद्र तरिकाले बोलिरहेको देखाइएको छ। भगवान हनुमानलाईसमेत मुगल बनाइएको छ। जुन आपत्तिजनक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।