काठमाडौं- यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ। बुधबार राति भएको समूह चरणको खेलमा सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले हराउँदै सहज जित दर्ता गरेको हो।
सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे। रियाद महरेज र जुलियन अल्भारेजले एक/एक गोल गरे।
एक गोल भने सिटीले आत्मघाती उपहार पाएको थियो।
खेलको सातौं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका हालाण्डले ३२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए।
३९औं मिनेटमा कोपनहेगनका खोचोलाभाले आत्मघाती गोल गरे। यस्तै, ५५ औं मिनेटमा महरेजले र ७६औं मिनेटमा अल्भारेजले गोल गरे।
जितसँगै सिटी अन्तिम १६ को निक समेत पुगेको छ। उसले ३ खेलमा ९ अंक जोडेको छ। १ अंक जोडेको कोपनहेगन पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।