फाइल तस्बिर।
काठमाडौं- च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले लगातार तेस्रो जित निकालेको छ।
बुधबार राति घरेलु मैदानमा भएको खेलमा रियलले सख्तर डोनेस्कलाई २–१ गोलले हरायो।
रियलका रोड्रिगो र भिनिसियस जुनियरले खेलको पहिलो हाफमा गरेको गोल नै जितका निर्णायक बन्यो।
पहिलो हाफमै सख्तरका ओलेसान्द्र जुब्कोभकोले एक गोल फर्काएका थिए।
जितसँगै रियलले समूह एफमा ५ अंकको अग्रता बनाएको छ। समान खेलमा सख्तरको ४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।