काठमाडौं- यूईएफए च्याम्पियन्स लिग फुटबलमा आरबी लाइपजिगले सेल्टिकलाई हराएको छ।
बुधबार राति भएको खेलमा लाइपजिगले सेल्टिकलाई ३-१ गोल अन्तरले हराउँदै सहज जित निकालेको हो।
लाइपजिगको जितमा आन्द्रे सिल्भाले दुई र क्रिस्टोफर एनकुन्कुले एक गोल गरे।
सेल्टिकका लागि जोताले एक गोल फर्काए। लाइपजिगको यो पहिलो जित हो।
जितसँगै लाइपजिगले ३ खेलमा ३ अंक जोड्दा सेल्टिक १ अंक जोडेर पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।