काठमाडौं- विजयादशमी कलाकारले धुमधामसँग मनाएका छन्। अभिभावकबाट बडादसैँको टीका ग्रहण गरेका तस्बिरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
नेपालकी पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टीका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिएकी छिन्।
यस्तै अभिनेता हरिवंश आचार्यले स्वर्गीय श्रीमती मीरा आचार्यको तस्बिर राखेर पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिएका छन्।
यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा थापेपश्चात् आशिर्वाद लिएका छन्।
अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टीका ग्रहण गरेका छन्।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुबाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टीका ग्रहण गरेका छन्।
यस्तै आमाबाट टीका र जमरा ग्रहण गरेपछि सामूहिक तस्बिर खिचाउँदै हास्यकलाकार शिवशङ्कर रिजालले दशैंको शुभकामना दिएका छन्।
“तराई गएर अन्य मान्यजनबाट टीका ग्रहण गर्नेछु। मेरो दशैं तराई र काठमाडौँमा बराबर हुँदै आएको छ”, उनले सामाजिक सञ्चालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।