काठमाडौं– पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा जित निकालेको छ । शनिबार राति भएको खेलामा पीएसजीले नाइसलाई २–१ ले हरायो।
पीएसजीको जितमा लियोनल मेस्सी र केलियन एमबाप्पेले एक/एक गोल गरे। खेलको २९औं मिनेटमा गोल गर्दै मेस्सीले पीएसजीलाई सुरुवाती अग्रता दिलाए।
तर, दोस्रो हाफको सुरुआतमै नाइसका गेटन लाबोर्डेले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका एमबाप्पेले पीएसजीको जितका लागि निर्णायक गोल गरे।
जितसँगै पीएसजी लिग वानको शीर्ष स्थानमा उक्लिएको छ। सबै प्रतियोगितामा पीएसजीको यो लगातार सातौं जित हो।
पीएसजीले ९ खेलबाट २५ अंक जोडेको छ भने नाइस ८ अंकसहित तालिकाको १३औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।