धादिङ– शनिबार दिउँसो धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
नीलकण्ठ नगरपालिकाको वडा नम्बर १० स्थित हनुमानडाँडामा ना ४ ख ८०४१ नम्बरको ट्रक दुर्घटनामा परेको हो।
कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटारतर्फ जान लागेको उक्त ट्रक सडकमा पल्टिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
उक्त ट्रकमा सवार एक जनाको मृत्यु भएको र उनको सनाखत हुन नसकेको धादिङका प्रहरी प्रवक्ता तथा डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।
उक्त ट्रक सल्यानटारमा असोज २८ गतेदेखि सञ्चालन हुन लागेको स्थानीय महोत्सवका लागि स्टलको सामाज लिएर जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। सात जना घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।