काठमाडौं– रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, ड्राइभर टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार राति चौपायासँग ठोकिएर मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा पछाडी सवार बुटवल उपमहानगरपालिका–८ का २३ वर्षीय साइमन मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो।
बुटवलबाट भैरहवातर्फ छुटेको लु ५१ प ८१९२ नम्बरको मोटरसाइकल गएराति पौने ११ बजे सडकमा हिँड्दै गरेको गाईलाई ठक्कर दिएर पल्टिएको थियो।
मोटरसाइकल चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।