• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

साइकलबाट सुदूर चिनाइरहेका भरत

64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, असोज १५, २०७९  १५:१६
1140x725

काठमाडौं– विगत एक दशकदेखि कैलालीका भरतविक्रम शाह साइकलमार्फत् प्रदेशका विभिन्न जिल्लामा यात्रा गर्दै आएका छन्। उनको साइकल यात्रा फूर्सदको समय सदुपयोग गर्ने या उनीसँग कामै नभएकाले होइन। 

सुदूरपश्चिम क्षेत्र आफैंमा प्राकृतिक सुन्दरताको खानी हो। तर भौगोलिक विकटता र पहुँच नहुँदा यहाँका क्षेत्रबारे राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चर्चा भएको छैन। भरत एक दशकदेखि यही अभियानमा छन्। उनी साइकल यात्रामा जहाँ जान्छन्, त्यहाँको प्राकृतिक सुन्दरतासँग घुलमिल हुने मात्रै होइन, त्यस ठाउँको विशेषताबारे देश दुनियाँसामू पुर्‍याउने कोशिश पनि गर्छन्। 

कैलालीको गोदावरी नगरपालिका–८ मजगाउँमा जम्मिएका भरत पर्यटन प्रवर्द्धनमा एक दशकदेखि सक्रिय छन्। सुरुआतमा शरीरलाई स्वस्थ राख्न साइकल यात्रा सुरु गरेका भरत विस्तारै पर्यटन प्रवर्द्धनतिर मोडिँदै गएको बताउँछन्। 

‘स्वास्थ्यको लागि साइकल, वातावरणको लागि’ उनको नारा नै छ। प्राय उनी सुदूरपश्चिमका धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्रमै देखा पर्छन्। सुरुआतमा उनले यो एक्लै तय गरेका थिए। कहिले पहाड, कहिले हिमाल त कहिले तराईंका फाँटको यात्रा उनले साइकलमै गरे। 

आफ्नो अभियानलाई व्यापक बनाउन एक्लैले मात्र सम्भव हुने नदेखेपछि भरतले अहिले संस्थागत रुपमै अभियान अघि बढाएका छन्। फारवेस्टर्न राइडर्स नामक क्लब गठन गरेर उनले साइकलयात्रा र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाएका छन्।

Bharat_Shah_Cyclist (7)1664553567.jpg

ठाउँ देखाउन आवश्यक रहेछ
पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चार माध्यमको पहुँचका कारण देशका हरेक स्थानबारे कहिँ न कहिँ चर्चा परिचर्चा हुन्छ। तर एक दशकअघि अवस्था त्यस्तो थिएन। पर्यटकको चाप हुने प्रशिद्ध क्षेत्रमा शाहले भ्रमण गरेका छन्। 

तर, प्राकृतिक, सांस्कृतिक र ऐतहासिक सम्पदाले सम्पन्न सुदूरपश्चिम किन पर्यटकको प्राथकितामा पर्न सकेन? भन्ने प्रश्नले उनलाई सोच्न बाध्य बनायो। 

nimb
nimb

‘ठाउँ भएर मात्रै नहुने रहेछ। नत्र त पूर्वका चर्चित क्षेत्रभन्दा हाम्रो पश्चिमका प्राकृतिक स्थान पनि कमका छैनन्,’ उनी भन्छन्, ‘एक त भौगोलिक विकटता, त्यसैमाथि हाम्रो प्रचारप्रसारमा पहुँच भएन। जसकारण पर्यटनको अथाह सम्भावना भएर पनि हाम्रा क्षेत्रमा पर्यटकको उपस्थिति नै थिएन।’

आफ्नो क्षेत्रलाई दुनियासामू परिचित गराउने हो भने कोही न कोही त लाग्नैपर्छ भन्ने सोचले आफू यस अभियानमा लागेको भरतको भनाइ छ। 

प्राकृतिक क्षेत्र भएर मात्रै नहुने भन्दै उनी भन्छन्, ‘सुन्दर क्षेत्र भएर मात्रै पुग्दो रहेनछ। त्यहाँसम्म पूर्वाधारको पहुँच आवश्यक छ। मुख्य कुरा त त्यस क्षेत्रबारे प्रचार प्रसार हुन जरुरी देखेँ। थोरै भए पनि मेरो तर्फबाट सुरुआत गर्छु भन्ने सोचले मैले साइकल यात्रामार्फत् पर्यटन प्रवर्द्धनको थालनी गरेँ’, उनी भन्छन्।  

शाहले साइकल यात्रालाई स्वास्थ्य र पर्यटन प्रवर्द्धनसँग मात्रै जोडेका छैनन्, आफ्नो जीवन यात्राको एक अभिन्न लक्ष्यका रुपमा लिएका छन्। उनी भन्छन्, ‘मेरो यात्रा शरीर स्वस्थ राख्ने र पर्यटन प्रवर्द्धनसँग मात्रै होइन, समाजमा जन्मिएपछि समाज परिवर्तनका लागि केही न केही नगरेसम्म जीवन सार्थक हुँदैन भन्ने मेरो बुझाइ हो। कम्तिमा मेरो जीवनकालमा समाजका लागि गरेको कामको एउटा छाप परोस् भन्ने उद्देश्यले यो अभियानमा एक दशकदेखि सक्रिय छु।’

सुरुआतमा त एक्लै साइकलमा हिँड्दा कसैले वास्ता गर्थेनन् शाहलाई। तर, विस्तारै उनले आफ्नो घुमाइ मात्रै विस्तार गरेनन्, पहिचान पनि विस्तार भयो। अहिले सुदूरका अधिकांश जिल्लामा पर्यटन व्यवसायीसँग उनी परिचित छन्। ‘प्राय अहिले सबैसँग परिचित छु। मलाई राम्रै रेस्पोन्स दिएको देख्दा खुसी लाग्छ’, उनी भन्छन्। 

Bharat_Shah_Cyclist (3)1664553564.jpg

भ्रमणका क्रममा धेरै सम्भावना देखेँ
उनले साइकलमबाटै शाहले सुदूरपश्चिम प्रदेशका धेरै जिल्ला भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले सुदूरमा विकटता र पछौटेपन मात्रै होइन, त्यहाँको जीवनस्तर नै बदल्ने पर्यटनको सम्भावना पनि देखे।

‘जसरी सञ्चारमाध्यममा सुदूरपश्चिमलाई विकट र पिछडिएको भनेर आउँछ। त्यो त्यसरी प्रचार गरिएजस्तो विटकता पनि छैन रहेछ। भ्रमणका क्रममा मैले थुप्रै सम्भावनाहरु देखेँ। जसले यहाँका जनताको आर्थिक हैसियत नै बदल्न सक्छन्’, उनी भन्छन्, ‘प्रचार अभाव र पहुँच नभएकाले मात्रै यस्ता क्षेत्रहरु ओझेलमा परेका छन्। सरकारले लगानी गर्ने हो भने, सिंगो प्रदेश पर्यटनबाटै समृद्ध बन्न सक्छ।’

पूर्वाधार विकास र प्रचार प्रसारलाई जोड दिनसके सुदूरका सुन्दर क्षेत्रमा पनि विदेशी पर्यटकको ओइरो लाग्ने उनको भनाइ छ। अधिकांश टाउँमा साइकल ट्रेलको विकास आवश्यक रहेको उनी बताउँछन्। 

१. खप्तड पुग्दा 
कैलालीदेखि साइकलमा प्रशिद्ध धार्मिक पर्यटकीय स्थलसम्म साइकलमै पुग्ने सायद शाह नै पहिलो हुन्। उनले उक्त क्षेत्रबारे धेरै सुनेका थिए। सोही कारण पनि उनी अवलोकन गर्न २०७५ सालमा धनगढीदेखि उनी साइकलमा निस्किए। 

बाजुरा, बझाङ, अछाम र डोटीको सिमानामा पर्ने खप्तड राष्ट्रिय निकुञ्ज समुद्र सतहदेखि ३ हजारदेखि ३२ सय मिटर उचाईमा अवस्थित छ। ‘स्वामी खप्तड बाबादेखि यहाँको पर्यावरणको अझैं प्रचार हुन सकेको छैन। सहज बाटो नहुँदा विदेशी मात्र होइन, सोचेजति आन्तरिक पर्यटक पनि पुग्न सकेका छैनन्’ उनी भन्छन्। 

खप्तड क्षेत्र धार्मिक पर्यटन र प्राकृतिक सुन्दरतासँग घुलमिल हुन चाहनेका लागि उपयुक्त स्थान रहेको शाहको भनाइ छ। स्थानीय, प्रदेश र संघीय सरकारले यस क्षेत्रलाई नेपालको मुख्य पर्यटन क्षेत्रका रुपमा विकास गर्न पूर्वाधार र पहुँचमार्गमा लगानी गर्नुपर्ने उनको भनाइ छ। 

Bharat_Shah_Cyclist (4)1664553564.jpg

२. देवभूमि बडिकेदारधाम
डोटी लिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडिकेदारधाम सुदूरपश्चिमको धार्मिक पर्यटकीय गन्तव्यमध्ये प्रमुख हो। शाह यहाँ दुईपटसक्क साइकलमा पुगेका छन्। समुद्र सतहदेखि २९ सय मिटर उचाईमा रहेको बडिकेदारधामममा उनी २०७५ र २०७६ मा लगातार दुईपटक पुगे। 

देभभूमि बडिकेदारधाम नेपालीका लागि मात्रै होइन, भारतीय हिन्दू धर्मावलम्बीको लागि पनि मुख्य आस्थाको केन्द्र हो। दशैं तिहारपछि लाग्ने मेलामा हरेक वर्ष नेपाली र भारतीय भक्तजनको घुइँचो नै लाग्ने गर्छ। 

‘आस्थाको केन्द्र बडिकेदारधाम धार्मिक पर्यटनका लागि सबैभन्दा सम्भावना भएको ठाउँ रहेछ। स्थानीय सरकारले यहाँको मेलालाई व्यवस्थित र व्यवसायिक बनाउन सकेमा मनग्य आम्दानीको सम्भावना देखेँ’, उनी भन्छन्। 

बडिकेदारधाममा सन्तान प्राप्ति अन्य मनोकामना पूरा हुने जनविश्वास रहेको छ। सन्तानविहीनहरु यहाँ सन्तान प्राप्तिका लागि आउने गर्दछन्। धनगढीदेखि करिब ९० किलोमिटरको दूरीमा रहेको धाममा शाह साइकलमै पुगेका थिए। 

कैलालीको सहजपुर हुँदै बीपीनगर, बागछेडा, खडेउली हुँदै अत्तरकाँडासम्म बसमा पुग्न सकिन्छ भने त्यहाँबाट ३ घन्टाको ठाडो गोरेटो बाटो (उकालो) चडेपछि समुन्द्री सतहदेखि २६०० देखि २७०० मिटरको पहाडको खोंचमा रहेको विशाल चट्टानको चिरामा बडिकेदार गाथको पूजा गर्न सकिन्छ। 

मन्दिर नभएर त्यही विशाल चट्टान नै बडिकेदारको धाम हो। बडिकेदारको धामभन्दा अलि माथि रहेको गाई बाच्छी भन्ने स्थान पनि अत्यधिक आकर्षक स्थान रहेको शाहले बताए। यहाँबाट अछामको सदरमुकाम मङलसेन प्रस्ट देखिनुको साथै, कर्णाली नदी, डोटीको सदरमुकाम सिलगढी पनि देखिन्छ। मौसम खुलेको बेला हिमालहरु पनि अवलोकन गर्न सकिन्छ। 

Bharat_Shah_Cyclist (2)1664553563.jpg

३. बडिमालिकाको कठिन यात्रा 
सुदूरपश्चिमकै सबैभन्दा प्रशिद्ध धार्मिकस्थलमध्ये बडिमालिका माताको मन्दिर पनि मुख्य हो। बाजुरा जिल्लामा पर्ने यस मन्दिरमा शाह पुगेका छन्। समुद्री सतहदेखि ४२ सय १९ सय मिटरको उचाईमा रहेको यो मन्दिरमा पुग्नको लागि चार दिन पैदल यात्रा गुर्नपर्छ। बाटो निकै कठिन रहेको शाह बताउँछन्।

अक्करे भीर र कठिन मोड पार गर्दै बडिमालिका मन्दिरसम्म साइकलमा पुगेको शाहले अनुभव सुनाए। उनी २०७८ मा यहाँ पुगेका थिए। 

वर्षमा एकपटक मात्र दर्शनका लागि जाने उक्त मन्दिरसम्म पुग्ने बाटो र त्यहाँ बस्नका लागि अन्य पूर्वाधार बनाए वर्षैभरी पर्यटकको आवागमन हुने शाहले बताए। पवित्र मनले यहाँ पुगेर वर मागे पूरा हुने जनविश्वास छ। 

४. पर्यटक कुरिरहेको आलिताल
राष्ट्रिय स्तरमा चर्चा नभए पनि सुदूरपश्चिमका जना आलितासँग परिचित नै छन्। यहाँको सुन्दरता र पर्यटकीय सम्भावना हेर्न २०७५ सालमा शाह साइकलमार्फत् डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको आलिताल पुगेका थिए। 

तर, त्यहाँ जाँदा उनले स्थानीय व्यक्तिबाहेक बाह्य पर्यटक भेटाएनन्। साइकलमा आलिताल पुगेका शाहले तालको एकिन गहिराई समेत अहिलेसम्म पत्ता नलागेकोप्रति चिन्ता जनाए। समुद्री सतहदेखि ८०० मिटरको उचाईमा रहेको ताल खेतको आली भत्किएर बनेको किंवदन्ती छ। त्यसकारण नै यसको नाम आलिताल रहन गएको हो। 

यहाँ पुग्ने पर्यटकले आलिताल निर्माणबारे चासो राख्ने गरेका छन्। शाहले पनि ताल निर्माणबारे जिज्ञासा राख्दा स्थानीयले भने, ‘धेरै वर्षअघि रोपाइँको अघिल्लो दिन एउटा घरकी बुहारीले सपना देखिन्। उनले उक्त खेतमा रोपाइँ नगर्न र जबरजस्ती गरे अनिष्ट हुने सुझाइन्। तर, परिवारका सदस्यले बेवास्ता गरेछन्। भोलिपल्ट जबरजस्ती रापाइँ गर्न जाँदा खेतको आली भत्किएर धेरै जनधनको क्ष्ति भएछ। सोही आली भत्किएर जम्मा भएको पानीबाट आलिताल बनेको किंवदन्ती छ।’

यस तालको तीन दिशामा क्रमशः मणिलेक, समैजी र बराह देवताको थान रहेकोले यस ताललाई धार्मिक तालको रुपमा पनि चिनिन्छ। विभिन्न समयमा यहाँ पूजाआजा गर्नुका साथै मेला पनि लाग्नेगर्छ। ताल निर्माणबारे कथा जे सुकै भए पनि तालको सुन्दरताले पर्यटकलाई मोहित बनाउने शाह बताउँछन्। 

केही समयअघि गरिएको मापनमा तालको लम्बाई ११ सय ७५ मिटर र चौडाई ४ सय मिटर भनिए पनि अहिले चारैतिरबाट ढुंगा, माटो तथा काठ भरिँदै गएका कारण तालको क्षेत्रफल खुम्चिँदै जान थालेको शाहले बताए। त्यसबेला मापन गर्दा तालको गहिराई २२ मिटर रहेको भनिएको थियो। तर, स्थानीय उक्त मापन सही नभएको र पुनः मापन गर्नुपर्ने माग गर्दै आएका छन्। 

स्थानीय सरकारले ताल क्षेत्रको संरक्षण र पर्यटकका लागि बस्न, खान स्तरीय पूर्वाधार निर्माण गर्न आवश्यक देखिएको शाह बताउँछन्। 

५. डोटीस्थित बुडर झरना
२०७६ सालमा शाह साइकलबाटै डोटीको जोरायल गाउँपालिकामा रहेको बुँडर झरनासम्म पुगे। त्यहाँ पुग्दा झरनाको सुन्दरता देखेर शाह मोहित भएका थिए। प्रकृतिको गर्भमा लुकेर बसेको झरनाबारे सबैलाई जानकारी गराउन उनले फोटो र भिडियो बनाए। र सबैतिर प्रचार गरे। 

Bharat_Shah_Cyclist (1)1664553562.jpg

उनको यो प्रसासपछि अहिले उक्त झरना अवलोकनका लागि जाने पर्यटकको संख्या बढेको छ। डोटी पुग्ने अधिकांश पर्यटक अहिले उक्त झरनाको अवलोकन नगरी फर्कँदैनन्। आफू अझैं पनि यस्ता क्षेत्रको प्रचारका लागि क्रियाशील रहने शाह बताउँछन्। 

६. अवस्थित राणाकालीन गर्भा दरबार
पर्यटकीय क्षेत्रको प्रचार प्रसारका क्रममा उनी साइकलमार्फत् नै २०७७ सालमा कैलालीको चुरे गाउँपालिका खैरालामा अवस्थित राणकालीन ऐतिहासिक गर्भादरबारमा पुगे। यो दरबार करिब एकसय वर्ष पुरानो हो। उक्त दरबारलाई सबैसामू परिचित गराउन र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले गौरिगंगा नगरपालिकाको चौमालाबाट गर्भादरबारसम्मको साइकल यात्रा गरे। 

उनको यो साइकल यात्रापछि अहिले दरबारमा दैनिक पर्यटकको आवागन बढ्दै गएको छ। शाहले दरबारको महत्व र पर्यटन सम्भावनाबारे सबैतिर फैलाए। 

७. डोटीको ऐतिहासिक दरबार गनै र गौंडाकोट भैरव दरबार
प्रदेशका जिल्लाका उत्कृष्ट पर्यटकीय गन्तव्य घुम्ने र ती क्षेत्रलाई चिनाउने क्रममा शाह डोटीको सिलगढी नगरपालिकास्थित दिपायलमा रहेको रैका राजाहरुको एतिहासिक दरबार गनै र गौंडा तथा कोट भैरव दरबारमा पुगे।

उनले त्यहाँ पुगेर स्थानीय पर्यटन व्यवसायीलाई त्यस क्षेत्रको पर्यटकीय महत्वबारे जानकारी दिनुका साथै प्रचार प्रसार र व्यवस्थित बनाउन सुझाव दिए। 

सुदूरपश्चिम प्रदेशलाई साइकल हब बनाउने प्रयास 
साइकललाई नै आफ्नो जीवन ठान्ने शाह आफू सुदूरपश्चिम प्रदेशलाई नै साइकल हब बनाउने अभियानमा लागेको बताउँछन्।

आफूसँग यसका लागि योजना पनि भएको उनको भनाइ छ। जसका लागि विभिन्न चेतनामुलक कार्यक्रमका साथै अन्य कामहरु पनि उनले गरेका छन्। 

टुर दी फारवेस्ट 
नेपालका प्रमुख सहरका साइकलिस्टहरु र स्थानीयको सहभागितामा धनगढीबाट दोधारा–चाँदनी पुलसम्म उनले साइकल यात्राको आयोजना गरे।

जसमा विश्व साइकलयात्री पुस्कर शाहको समेत सहभागिता थियो। ‘यो कार्यक्रम नै मेरो सपनाको पहिलो सुरुआत थियो। यस्तै उनले गतवर्ष नेपालकै ठूलो अन्तर्राष्ट्रियस्तरको साइकल इभेन्ट कोरा साइकलिङको सुरुआत गरेका थिए। धनगढीबाट सुरु भएको यो कोरो यस वर्ष अत्तरियामा पनि सम्पन्न गराए।

उनले आफ्नो पहलमा विश्व साइकलयात्री पुस्कर शाह तथा ओलम्पियन दीपक विष्टलगायत सैयौंको संख्यामा धनगढीदेखि गोदावरीसम्म साइकलयात्रा सम्पन्न गरे। 

यस्तै गोदावरी नगरपालिकाको वडा नम्बर ४ मा विकट क्षेत्रमा रहेको गाँजरी झरनालाई प्रवर्द्धन गर्न  तथा वृक्षारोपणलाई अभियानका रुपमा अघि बढाउन विशाल साइकल यात्रा आयोजना गरे। उक्त कार्यक्रममा सरकारी कर्मचारीदेखि स्थानीयको सहभागिता रहेको थियो।

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १५:१६
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन बाढीपछि बेपत्ता आफन्तको खोजीमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा आइपुगेकी धादिङ गंगाजमुना—४ की रमीता बस्नेत बाँनियाले बाढीपछि मानस... शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । त्रिशूली नदी बेसिनमा सञ्चालित प्राधिकरण, सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्... बुधबार, भदौ १०, २०८३
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज शनिबार, भदौ १३, २०८३
बाढीपीडितको पुनर्वासका लागि बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा शनिबार, भदौ १३, २०८३
थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु, प्रभावित ९३ साइट सञ्चालनमा शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप एक साता शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्