काठमाडौं– एनपीएल सिजन ३ को उपाधि भिडन्तमा पहिलो १० सकिँदासम्म लुम्बिनीले ७४ रन बनाएको छ ।
टस हार्दै ब्याटिङको निम्तो पाएको लुम्बिनीले दुई विकेट गुमाएको छ । सुदूरका लागि स्कट कुग्लेइन र दीपेन्द्र सिंह ऐरीले सफलता दिलाएका हुन् । लुम्बिनीले आसिफ शेख र डार्सी सर्टलाई गुमाएको हो ।
अहिले रोहित पौडेल २२ रनमा र डिकवेला २८ रनमा खेलिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।