काठमाडौं– एनपीएल सिजन ३ को उपाधि भिडन्तमा पहिलो १० ओभर सकिएर ड्रिङ्स ब्रेक सकिनेबित्तिकै लुम्बिनीको साझेदारीमा पनि ब्रेक लागेको छ । २८ रन बनाएर खेलिरहेका लुम्बिनीका निरोशन डिकवेलाको विकेट थारुन रत्नायकेले लिएका हुन् ।
यससँगै कप्तान रोहित पौडेल र डिकवेलाको साझेदारी पनि तोडिएको छ । लुम्बिनी अहिले ११ ओभरको समाप्तिमा ७७ रनमा ३ विकेट गुमाएर खेलिरहेको छ । डिकेवेलाको स्थानमा अहिले दिलिप नाथ क्रिजमा आएका छन् ।
यसअघि पहिलो पावर प्लेमा कप्तान दिपेन्द्र सिंह ऐरी र स्कट कुग्लेइनले एक/एक विकेट निकालेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।