काठमाडौं– नेपाल प्रिमियर लिग सिजन ३ को फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनिले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनायो ।
लुम्बिनीका लागि दीलिप नाथले सर्वाधिक ३९ रन बनाउँदा रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अलि शेखले २४ र डार्सी शर्टले २१ रनको योगदान दिए ।
सुदूरपश्चिमका लागि स्कट कुग्लेइनले २ विकेट लिँदा हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट हात पारे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।