• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चाडपर्वमा सुरक्षा व्यवस्थापन: समुदाय–प्रहरी सँगसँगै

दिनेशराज मैनाली सोमबार, असोज १७, २०७९  १५:१२
1140x725

नेपालीको महान चाड बडादशैं घरआँगनमा आइसकेको छ। विदेश र सहरमा रहेकाहरु स्वदेश/गाउँ फर्कने, आवश्यकताअनुसार किनमेलमा सरिक हुने, गाउँस्थित घरमा जाने र खुशी साटासाटा गर्ने गरिन्छ। तिहार, छठ र नेपाल संवत पनि आउँदैछ। अर्थात् यो समयमा मानिसको आवागमन असाध्यै बढी हुने गर्छ। जसकारण दुर्घटना बढ्ने, अन्य अवाञ्छित गतिविधि हुने जोखिम हुन्छ। 

यसका लागि सरकारी निकाय जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, सडक विभाग, ट्राफिक प्रहरी र जनपद प्रहरी तथा सवारी धनी, सवारी चालक, सहचालक लगायतबाट समूहगत सचेतनामूलक कार्यक्रम गरी सोहीबमोजिम कार्यान्वयन गरिनुपर्ने टड्कारो आवश्यकता छ। लामो यात्राका लागि दुई जना सवारी चालक राख्नुपर्ने नियम कार्यान्वयन गरी सवारीधनीले आफूलाई प्राप्त जिम्मेवारी पूर्णतया पालन गरी समाजलाई गुन लगाउनुपर्ने त छँदैछ दुर्घटना न्यूनीकरणमा समेत अहम् भूमिका खेल्नुपर्नेछ।

सरकारी संयन्त्रबाट बढीभन्दा बढी चेकजाँच गरी मादक पदार्थ सेवन (मापसे) तथा लागू पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाएको पाइएमा हदैसम्मको कारबाही गर्ने, समयमै यान्त्रिक चेकजाँचको व्यवस्था मिलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्न निषेध गर्ने, छतमा यात्रु राख्न नदिने, अनधिकृत पार्किङ नियन्त्रण गर्ने र ट्राफिक नियमको सधैँ पालना गर्न सके र सम्बन्धित सबै निकायले समेत यथासम्भव सहकार्य गरे मात्र सवारी साधनसहित यात्रुलाई निर्धारित गन्तव्यमा सुरक्षित तथा सुविधापूर्वक पुर्‍याउन मद्दत गर्छ। 

यात्रुले सवारी साधनमा यात्रा गर्ने अवधिभर असाध्यै चनाखो रहनुपर्ने हुन्छ। नगद, बहुमूल्य गरगहनाको प्रयोगले यात्रा अवधिभर सुरक्षा खतरा बढाउँछ। यात्राका क्रममा अपरिचित व्यक्तिले दिएको सामान्य चकलेट, चिया बिस्कुट खाएर लुटिएका घटना धेरै छन्। त्यसकारण लुटिनुभन्दा अगावै चनाखो हुन सक्नुपर्छ। 

साथै दैनिक रूपमा काठमाडौंको विभिन्न नाकाबाट बाहिरिने व्यक्तिहरूले आ–आफ्नो घर तथा डेरा छाड्ने क्रममा सुरक्षाका उपायसमेत अवलम्बन गरी आफू, आफन्तजनलाई सुरक्षित बनाउनु अपरिहार्य भइसकेको छ। अन्यथा आपराधिक कार्यमा संलग्न व्यक्तिबाट लुटिइसकेपछि ‘लगनपछिको पोते’जस्तो पछुताउनुबाहेक के नै बाँकी रहन्छ र? तसर्थ, सम्पूर्ण घरधनीहरूले घरमा राखेको कामदार, डेरामा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन, मोबाइल नम्बर र फोटोसहितको विवरण राखेमा आवश्यक परे अनुसन्धान कार्यमा सहजता आउनेछ। 

घरमा सीसीटीभी क्यामेरा जडान गर्ने, घरबाट बाहिर जाने क्रममा सके सुरक्षा गार्डको व्यवस्था गर्ने, नसके टोल छिमेकका विश्वासिलो व्यक्तिलाई जानकारी गराउने र नजिकको प्रहरी एकाइलाई जानकारी गराई समय–समयमा गस्ती तथा निगरानी गर्न अनुरोध गर्ने कार्य गरेमा सम्भावित चोरीबाट बच्न सकिने हुन्छ। सकेसम्म नगद र बहुमूल्य गरगहना बैंकमा राख्न सके र अनलाइन कारोबार गरेमा ठूलो क्षति हुनबाट जोगिन सकिन्छ। त्यस्तै प्रकारान्तरले आधुनिक युगमा अपराधीले विविध विधि र प्रविधिको व्यापक दुरुपयोग गरी आपराधिक घटना घटाउने भएकाले आफू सजग रही अरूलाई सजग गराउन हुन तथा सामाजिक सञ्जालको सदुपयोग मात्रै गर्न सके पनि अनलाइन ठगी, हनी ट्र्याप, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरबाट जोगिन सकिनेछ।

जुवा, तास, मापसे, लापसेलगायतबाट जोगाएको रकममध्ये केही रकम समाजको हितमा लगाइ आ–आफ्नो टोलछिमेकमा सीसीटीभी क्यामेरा र साइरन जडान गर्ने सके आपत् परेको समयमा आफू जोगिन र छरछिमेक, समुदाय आदिलाई जोगाउन सकिन्छ। यसतर्फ सबैको ध्यान जानु आवश्यक छ। फेसबुकमा नचिनेको व्यक्तिबाट फ्रेन्ड रिक्वेस्ट आएमा, तपाईंलाई चिठ्ठा पर्‍योलगायतको सूचना ह्वाट्स एप्समा आएमा नखोली डिलेट गर्ने गर्दा पीडित हुने सम्भावना कम हुन्छ। सामाजिक सञ्जालको पासवर्ड कसैसँग पनि सेयर गर्ने नगरौं।

कुनै मित्रसँग अनलाइन भिडियो कल गर्ने क्रममा वास्तविक जीवनमा आफूले के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने तथ्यलाई हृदयङ्गम गर्न सके आफू पनि जोगिन सकिनेछ। सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा लाइभ अपडेट गर्ने बानीले पनि कतै न कतै समस्यामा पार्न सक्छ। ‘आज त गाउँ जान लागेको सपरिवार, अहिले नागढुङ्गामा पुगियो, केही समयपश्चात् मुग्लिनमा खाना खाँदै र दिउँसोको समयमा पोखराको फेवातालमा डुङ्गा सयर’ आदि छिनछिनमा अपडेट गर्ने बानीले चोरले घरमा सफाचट पारिसकेको पत्तै हुँदैन। तसर्थ, यात्रा समाप्त गरी फर्केर लेटपोष्ट राख्दा पनि बिग्रने त केही होइन। यसमा सजगता अपनाउँदा वेश हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

आफूले कहिल्यै पनि नकाटेको चिट्ठा पर्‍यो भनी कोही कसैले सूचना पठाउँदैमा त्यसैलाई पत्याइ आफू सहभागी नभएको चिट्ठाका पछि लाग्नु किमार्थ बुद्धिमानीपूर्ण कार्य हुँदै होइन। त्यसकारण यसको पछाडी नलागौँ। त्यस्ता प्रकारका चिट्ठाका पछि लाग्दा धेरैजनाले अनाहकमा धन गुमाएका, परिवारमा विखण्डन आएका र अन्त्यमा ज्यानैसम्म गुमाएका घटनासमेत बढिरहेको पाइन्छ। जसरी पौडन नजानेको एउटा व्यक्तिले पौडन सिकेर मात्र गहिरो स्थानमा पौडनु उचित हुन्छ, त्यसरी नै अति उच्च सावधानी अपनाएर मात्र सामाजिक सञ्जालको प्रयोग गर्न सकेमा धन, सामाजिक प्रतिष्ठा र जनको समेत क्षति हुनबाट जोगिन सकिने हुन्छ। 

धेरै जनाको बानी सित्तैमा पायो भने जे पनि प्रयोग गर्ने हुन्छ। सित्तैमा पाइने वाईफाईमा लगइन गरी घन्टौँसम्म ह्याङआउट भइरहने बानीबाट पनि फिसिङमा पर्ने सम्भावना हुन्छ। जसरी मछुवारेले गड्यौलाको चारो हाली पानीमा बल्छी फाल्दा माछाले मुख खोलेन भने बल्छीमा पर्ने सम्भावना हुँदैन त्यसरी नै हामीले पनि सित्तैमा उपलब्ध हुने वाईफाईमा लगइन नगरेमा फिसिङमा पर्नबाट बच्न सकिन्छ।

मापसेले गर्दा लगभग ७७ प्रतिशत अपराध घट्ने गरेको पाइन्छ। तसर्थ, सके मापसे गर्दै नगरौँ र गर्नै परे पनि थोरै गरौँ। मादक पदार्थले आफूलाई कहिल्यै पनि सेवन नगरोस् भन्नेतर्फ पनि सचेत रहन सके जीवन, धन त अपराध कर्मबाट जोगिन सकिन्छ। 

पंतिकार जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख रहेको समयमा बिहान एउटा वृद्धको हत्या भएको भनी मातहत कार्यालयबाट प्रतिवेदन आयो। इलाका नाकाबन्दी गरी अनुसन्धान गर्ने क्रममा अघिल्लो दिन बाबुले वृद्धभत्ता ल्याएका रहेछन्। साँझ बाबुछोरा बसेर मापसे गरेछन्। बाबुले छोरालाई अब पिउने कार्य बन्द गरौँ भन्दा छोराले मानेनछन् र अझै पिउने कुरा गर्दा बाबुले नमानेपछि छोराले छेउमै रहेको दाउराको चिर्पटले हिर्काउँदा बाबुको तत्कालै ज्यान गएको रहेछ। बाबुको दुःखद् निधन र छोराको कारागारको बास मापसेले नै गराएकाले यसलाई आफूले प्रयोग गर्ने बानीमा पनि आमूल सुधार गर्नु जरुरी छ। 

Xtrem

Xtrem

जसरी सम्पूर्ण व्यक्तिले कानुन जानेकै र पालना गरेकै हुनुपर्छ भन्ने विधिशास्त्रीय मान्यता छ, त्यसरी नै कानुन पालनाका लागि प्रहरीको परिकल्पना गरिएको हुन्छ। नेपाल प्रहरी ऐन, २०१२ ले प्रहरीको गठन गरी जन र धनको सुरक्षा गर्ने जिम्मेवारी प्रदान गरेको परिप्रेक्ष्यमा उक्त कार्यका लागि २४सै घण्टा परिचालित रहेको छ।

अपराध न्यूनीकरण तथा अनुसन्धानका लागि सम्पूर्ण नागरिकको अहम् भूमिका हुन्छ। तसर्थ, सम्पूर्ण नागरिकलाई बिना बर्दीका प्रहरी भनी बर्दीका प्रहरीद्वारा सम्मान व्यक्त गरिएको पाइन्छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत, नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था, विद्यालय, सञ्चारकर्मीलगायतको भूमिकाले गर्दा नै आपराधिक कार्यमा संलग्न व्यक्ति हतोत्साहित हुँदै गरेकाले सबैको प्रयास यसैमा केन्द्रित हुन सके सुरक्षा र विकास, सुरक्षा र प्रशासन सुदृढ हुनेछ।

(लेखक जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक हुन्।)

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १५:१२
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्