• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, असार ७, २०८२ Sat, Jun 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
रोनाल्डिन्हो : जसले सबैको मुहारमा मुस्कान छरे
64x64
नेपाल लाइभ बिहीबार, असोज २०, २०७९  ०८:१५
1140x725

मैदानमा उनी रिसाएको सायदै कसैले देखे। सधै‌ं हाँसिरहने। त्यसैले फुटबल मैदानमा उनको अर्कै परिचय बनेको थियो, हँसमुख खेलाडीको। मैदानमा उनलाई देखेर विपक्षी दर्शकहरू पनि आह्लादित हुन्थे। लाग्थ्यो, ९० मिटर लम्बाइ र ४५ मिटर चौडाइ भएको फुटबल मैदान उनको लागि संसार हो। खुट्टामा बल परेपछि पुतली झैं चारैतिर नाच्ने उनको कला अद्भूत थियो। 

जापान र दक्षिण कोरियाको संयुक्त आयोजनामा सन् २००२ मा भएको विश्वकप फुटबलबाट उनी रातारात चम्किए। ब्राजिलका उनै अदभूत प्रतिभा रोनाल्डिन्होले यसै साता अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिए। 

सन् २००२ को विश्व कपमा ब्राजिली टोलीमा ‘एक से एक’ प्रतिभाशाली खेलाडी उपस्थित थिए। टोलीमा रोनाल्डो, रिभाल्डो, रोबर्टो कार्लोस जस्ता दिग्गज खेलाडीको उपस्थिती थियो। यसै टोलीमा रोनाल्डिन्हो नामको अर्को प्रतिभा पनि समावेश थियो। उनकै अद्भूत खेलका कारण ब्राजिलले त्यपालिको विश्वकप उपाधि उचालेको थियो। 

त्यो विश्व कपमा इंग्ल्यान्ड विरुद्ध क्वार्टरफाइनलमा उनले गरेको गोल अहिले पनि धेरै फुटबल खेलाडीको मानसपटलमा ताजै छ। ‘सेन्टर हाफ’ नजिकैबाट उनले हानेको फ्रिकिक इंग्ल्यान्डका धुरन्धर गोलकिपर डेभिड सिमनले भेउ पनि पाउन सकेनन्। अन्तत: बलले जाली चुम्यो। सिमनका लागि अहिले पनि त्यो गोल एउटा नमीठो सपना जस्तै लाग्ने गरेको छ। उनी बेला–बेलामा रोनाल्डिन्होको त्यो गोलको चर्चा पनि गर्छन्। 

उनको सशक्त खेलका कारण ब्राजिलले त्यो विश्व कप जितेपछि २२ वर्षीय रोनाल्डिन्होलाई विश्वका महँगा क्लबले आँखा लगाए। विश्व कपअघि उनी हाल नेइमार अनुबन्धित रहेको फ्रेञ्च क्लब पिएसजीमा आबद्ध थिए। तर, उनलाई विश्व कपपछि स्पेनिस माहरथी बार्सिलोनाले ३ करोड युरो खर्चेर क्याम्प नेउ भित्र्याएको थियो। 

त्यतिबेला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि रोनाल्डिन्होलाई लन्डनमा स्वागत गर्न चाहन्थ्यो। तर, उसको त्यो इच्छा कहिले पूरा भएन। 

बार्सिलोनाबाट ‘डेब्यू’ गर्ने क्रममा पनि उनले मध्य भागबाट बल ‘ड्रिबल’ गर्दै आफ्नो एकल प्रयासमा असम्भव झैं लाग्ने गोल गरे। सेभिया विरूद्ध यो सान्दार गोलसँगै स्पेनमा उनको लोकप्रियता चुलीमा पुगेको थियो। 

सन् २००५ को च्याम्पियन्स लिगमा उनले इंग्लिस क्लब चेल्सी विरूद्ध गरेको गोलको अहिले पनि चर्चा हुन्छ। लन्डनमा भएको खेलमा रोनाल्डिन्होले ३८ मिनेटमा एकल प्रयासद्वारा अर्को आकर्षक गोल गरेका थिए। 

Ncell 2
Ncell 2

रोनाल्डिन्हो हरेक खेलमा फरक–फरक शैलीमा प्रस्तुत हुन्थे। उनको गोलको उत्सव मनाउने कला पनि अविष्मरणीय थियो। उनी जसरी दर्शनीय गोल गर्थे, त्यसरी नै खुसी मनाएर सबै दर्शकलाई असीमित आनन्द दिन्थे। 

चेल्सी विरूद्ध गरेको गोललाई उनी जीवनकै अविस्मरणीय मान्छन्। उनले त्यो गोलबारे भनेका पनि छन्, ‘सबै गोल कला भएर मात्र गरिँदैन। कुनै गोल यस्तो पनि हुन्छ, जुन अपत्यारिलो लाग्छ।’ 

विश्व फुटबलमा बार्सिलोना र रियल म्याड्रिड परस्पर विरोधी क्लब मानिन्छन्। दुबै क्लब एकआपसमा भिड्दा समर्थकहरू मैदानभित्र मात्र होइन, बाहिर पनि उत्तिकै हिंस्रक बन्ने गर्छन्। उनीहरू एकअर्काको विरोध गरेर कहिल्यै थाक्दैनन्। 

तर, यी दुबै क्लब एकआपसमा भिड्दा रोनाल्डिन्होको हकमा भने यस्तो अप्रिय घटना कहिल्यै भएन। रियलका समर्थक एक पल्ट घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रोनाल्डिन्होको सम्मानमा उठेका थिए। जुन खेलमा बार्सिलोनाले रियललाई हराएको थियो। यसअघि यस्तो सम्मान रियलका समर्थकले बार्सिलोनाबाट खेलेका अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई मात्र दिएका थिए। 

सन् २००३ देखि २००८ सम्म डच मिडफिल्डर फ्रान्क रिजकार्ड बार्सिलोनाको प्रशिक्षक थिए। त्यतिबेला रोनाल्डिन्होलाई उनले खुब प्रयोग गरे। उनले पद छोडेपछि युवा प्रशिक्षक पेप ग्वार्डिओला बार्सिलोनाको नयाँ प्रशिक्षक नियुक्त भए। यसपछि रोनाल्डिन्होको करिअर संकटमा पर्न थालेको फुटबल विश्लेषकहरूको विश्लेषण छ। 

लगत्तै रोनाल्डिन्हो स्पेनिस क्लब छोडेर इटालीको एसी मिलानमा आबद्ध भए। जति समय उनी बार्सिलोनामा रहे, उनले आफ्नो प्रभाव छोडे। अहिलेका स्टार खेलाडी लिओनल मेसीलाई उत्कृष्ट खेल्न प्रेरणा दिने गर्थे। 

उनले पहिलो अभ्यास सत्रमै मेसीको विषयमा भविष्यवाणी गरेका थिए। उनी भन्थे–‘बार्सिलोनामा मेसीले मेरो स्थान लिन्छन्।’ अझ उनी मेसी आफूभन्दा राम्रो खेलाडी बन्नेमा ढुक्क रहेको बताउँथे। मेसीले बार्सिलोनाका लागि ‘डेब्यू’ गोल गर्दा पास मिलाइदिने खेलाडी नै रोनाल्डिन्हो थिए। 

इटालीमा रोनाल्डिन्होको करिअरले उति गति लिन सकेन। फुटबल पण्डितहरू प्रचुर प्रतिभा भए पनि रोनाल्डिन्होले आफूलाई सोही अनुरुप ढाल्न नसकेको आरोप लगाउँछन्। उनीहरूको विश्लेषण छ, उनले खेलभन्दा रमाइलोमा बढी समय खर्चे। 

पिएसजीका तत्कालीन प्रशिक्षकले एकपल्ट उनीमाथि गम्भीर आरोप लगाएका थिए। प्रशिक्षणमा ध्यान नदिने, बढी बिदा माग्ने आरोप पनि उनीमाथि लाग्ने गरेको थियो। बार्सिलोनामा आबद्ध रहँदा उनी अभ्यास मैदानमा धेरै पल्ट नाइट क्लबकै पहिरन लगाएर पुगेको समाचार पनि प्रकाशन भएको थियो। 

खेल खस्किएपछि रोनाल्डिन्हो ब्राजिलको सन् २०१० विश्व कप टोलीमा अटाउन असफल रहे। अर्को वर्ष उनले इटाली छोडे। विस्तारै उनी विश्व फुटबलबाट ओझल हुँदैगए। उनले सन् २०१५ सम्म घरेलु फुटबल खेले। तर पछिल्लो दुई वर्ष उनी फुटबल मैदानबाट पनि बाहिर रहे। उनी दुई वर्षअघि भारतमा फाइभ ए साइड फुटबल खेल्न पनि आएका थिए।

१९ वर्षको चहकिलो फुटबलर करिअरको बिदाइ उनले सुखद ढंगले गर्न पाएनन्। फुटबल खेलेर उनले कति कमाए र कति गुमाए यो विश्लेषणको विषय होला। तर, उनी एक्काइसौं सताब्दीको उत्कृष्ट फुटबल खेलाडीको सूचीभित्र अटाउने कुरामा सायदै कसैको दुईमत होला। आफ्नो जादुगरी ‘फुटवर्क’ मार्फत विपक्षीलाई फनफनी नचाउने उनको अद्भूत कला सबैले ‘मिस’ गर्नेछन्।

रोनाल्डिन्होको खेल जीवन
सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा रोनाल्डिन्होको भूमिका महत्वपूर्ण थियो। उनले बार्सिलोनाबाट युरोपियन च्याम्पियन्स लिग र ला लिगाको उपाधि पनि उचाले। सन् २००५ मा ‘बालोन डि ओर’ जितेका उनी २१ शतब्दीका उत्कृष्ट फुटबलरमध्ये पर्छन्। 

जून १९९९ – होम टाउन हिरो 
रोनाल्डिन्होले सन् १९९९ मा १८ वर्षको उमेरमा ब्राजिलियन क्लब ग्रेमियोबाट खेल जीवन सुरु गरे। ग्रेमियोमा प्रभावशाली प्रदर्शनपछि राष्ट्रिय टिममा मौका पाएका उनले सन् २००१ को कन्फेडेरेसन कपमा ६ गोल गरेका थिए। 

जून २००२ – इंग्ल्यान्ड विरूद्ध गोल 
सन् २००२ को विश्वकप फुटबलमा ब्राजिलयन टिमले उत्कृष्ट प्रदर्शन गर्दा रोनाल्डिन्होको महत्वपूर्ण भूमिका थियो। उनले क्वार्टरफाइनलमा इंग्ल्यान्ड विरूद्ध विश्वस्तरीय गोल गरेका थिए। उनको प्रहारले बीचमा दिशा परिवर्तन गर्दै गोलपोस्टको जाली चुमेको थियो।

सेम्टेम्बर २००३ – बार्सिलोनामा प्रभाव
सन् २००२ को विश्व कपको ट्रफी उचाले पछि व्यावसायिक खेल खेल्न रोनाल्डिन्हो पेरिस सेन्ट जर्मेन (पिएसजी) फर्केका थिए। तर प्रशिक्षक लुइस फर्नान्डेजसँग उनको असमझदारी बढ्यो। त्यसपछि उनलाई बार्सिलोनाले भित्र्याउने प्रक्रिया थाल्यो। 

मार्च २००५ – चेल्सीविरूद्धको त्यो गोल 
सन् २००५ मा च्याम्पियन्स लिगमा बार्सिलोना चेल्सीविरुद्धको खेल हार्न पुग्यो। तर रोनाल्डिन्होको उद्भुत शैलीको अहिले पनि तारिफ हुने गरेको छ। 

नोभेम्बर २००५ – विश्वकै उत्कृष्ट खेलाडी 
रोनाल्डिन्होले नोभेम्बर २००५ मा फिफा ‘बालोन डि ओर’ को उपाधि जितेका थिए। उनी सम्मानित भएको एक साताअघि सेन्टियागोमा भएको खेलमा रोनाल्हिन्होलाई रियल म्याड्रिडका सामर्थकले उठेर सम्मान दिएका थिए। बार्सिलोनाले २००५–०६ को च्याम्पियन्स लिगको उपाधि जित्दा उनको प्रेरणादायी प्रदर्शन थियो। 

जून २००६ – विश्व कपमा निरस प्रदर्शन 
सन् २००६ को विश्वकप फुटबलमा रोनाल्डिन्हो, काका, एड्रियानो र रोनाल्डो रहेको ब्राजिलले राम्रो खेल्ने विश्वास गरिएको थियो। तर ब्राजिल क्वाटरफाइनलमै रोकियो। ब्राजिललाई फ्रान्सले पराजित गरेको थियो।

मे २००८– बार्सिलोनाबाट बाहिर 
सन् २००८ मा रोनाल्डिन्हो चोटग्रस्त मात्र बनेनन्, उनीमाथि अनुशाषन तोडेको आरोप लाग्यो। मे २००८ मा उनी बार्सिलोना छाडेर इटालियन क्लब एसी मिलानमा आबद्ध भए।

जनवरी २०११ – ब्राजिल फिर्ता
साढे दुई वर्ष मिलानबाट खेलेपछि उनी सन् २०११ मा ब्राजिल फर्के। उनी सन् २०१० को विश्व कप टोलीमा अटाउन सकेनन्। 


नेपाल लाभइ अर्काइभबाट। यो सामग्रीमा भएका केही अंशहरु हटाइएको तथा सम्पादन गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको भन्दै रास्वपाले सुरु गर्‍यो हस्ताक्षर अभियान
यो बजेट १६ औँ योजनाको उद्देश्य र सोचसँग मेल खाँदैन : सांसद सापकोटा
छानबिन समिति बनाउन एक महिना कुर्न हुँदैन : सांसद मोदी
सम्बन्धित सामग्री
क्लब विश्वकपमा मियामीको पहिलो जित, मेसीको गोल खेलको आठौँ मिनेटमा सामु आघेहावाको गोलमा पोर्टोले अग्रता लिएको थियो । सुरुवाती अग्रतालाई दोस्रो हाफमा तोड्दै मियामी विजयी भएको हो । शुक्रबार, असार ६, २०८२
नेपाली फुटबलर रेखा आबद्ध आबुधाबीले जित्यो यूएई महिला लिगको उपाधि आबुधाबी कन्ट्री क्लबले लिगका सबै सात खेलमा जित दर्ता गर्दै २१ अंकसहित उपाधि उचालेको हो । कुल ८ टोली सहभागी लिगमा आबुधाबीले एकपक्षीय... आइतबार, असार १, २०८२
एसियन कप छनोटः नेपालले लाओससँग खेल्दै तथ्यांकअनुसार नेपाल अहिलेसम्म लाओससँग अपराजित रहेको छ । सात खेलको इतिहासमा नेपालले पाँचमा जित निकालेको छ । लाओससँग नेपालले दुई खेल भ... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको भन्दै रास्वपाले सुरु गर्‍यो हस्ताक्षर अभियान शनिबार, असार ७, २०८२
यो बजेट १६ औँ योजनाको उद्देश्य र सोचसँग मेल खाँदैन : सांसद सापकोटा शनिबार, असार ७, २०८२
छानबिन समिति बनाउन एक महिना कुर्न हुँदैन : सांसद मोदी शनिबार, असार ७, २०८२
नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने शनिबार, असार ७, २०८२
भारत सरकारको सहयोगमा इरानमा रहेका नेपालीको उद्धार गरिँदै शनिबार, असार ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा शुक्रबार, असार ६, २०८२
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
टी–२०आई सिरिजमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै शुक्रबार, असार ६, २०८२
सुदूरपश्चिम रोयल्सले गर्यो ६ खेलाडीलाई रिटेन शनिबार, असार ७, २०८२
दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो शनिबार, असार ७, २०८२
टी–२० सिरिज: अन्तिम खेलमा स्कटल्यान्डसँग नेपाल ३४ रनले पराजित शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्