• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

रोनाल्डिन्हो : जसले सबैको मुहारमा मुस्कान छरे

64x64
नेपाल लाइभ बिहीबार, असोज २०, २०७९  ०८:१५
1140x725

मैदानमा उनी रिसाएको सायदै कसैले देखे। सधै‌ं हाँसिरहने। त्यसैले फुटबल मैदानमा उनको अर्कै परिचय बनेको थियो, हँसमुख खेलाडीको। मैदानमा उनलाई देखेर विपक्षी दर्शकहरू पनि आह्लादित हुन्थे। लाग्थ्यो, ९० मिटर लम्बाइ र ४५ मिटर चौडाइ भएको फुटबल मैदान उनको लागि संसार हो। खुट्टामा बल परेपछि पुतली झैं चारैतिर नाच्ने उनको कला अद्भूत थियो। 

जापान र दक्षिण कोरियाको संयुक्त आयोजनामा सन् २००२ मा भएको विश्वकप फुटबलबाट उनी रातारात चम्किए। ब्राजिलका उनै अदभूत प्रतिभा रोनाल्डिन्होले यसै साता अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिए। 

सन् २००२ को विश्व कपमा ब्राजिली टोलीमा ‘एक से एक’ प्रतिभाशाली खेलाडी उपस्थित थिए। टोलीमा रोनाल्डो, रिभाल्डो, रोबर्टो कार्लोस जस्ता दिग्गज खेलाडीको उपस्थिती थियो। यसै टोलीमा रोनाल्डिन्हो नामको अर्को प्रतिभा पनि समावेश थियो। उनकै अद्भूत खेलका कारण ब्राजिलले त्यपालिको विश्वकप उपाधि उचालेको थियो। 

त्यो विश्व कपमा इंग्ल्यान्ड विरुद्ध क्वार्टरफाइनलमा उनले गरेको गोल अहिले पनि धेरै फुटबल खेलाडीको मानसपटलमा ताजै छ। ‘सेन्टर हाफ’ नजिकैबाट उनले हानेको फ्रिकिक इंग्ल्यान्डका धुरन्धर गोलकिपर डेभिड सिमनले भेउ पनि पाउन सकेनन्। अन्तत: बलले जाली चुम्यो। सिमनका लागि अहिले पनि त्यो गोल एउटा नमीठो सपना जस्तै लाग्ने गरेको छ। उनी बेला–बेलामा रोनाल्डिन्होको त्यो गोलको चर्चा पनि गर्छन्। 

उनको सशक्त खेलका कारण ब्राजिलले त्यो विश्व कप जितेपछि २२ वर्षीय रोनाल्डिन्होलाई विश्वका महँगा क्लबले आँखा लगाए। विश्व कपअघि उनी हाल नेइमार अनुबन्धित रहेको फ्रेञ्च क्लब पिएसजीमा आबद्ध थिए। तर, उनलाई विश्व कपपछि स्पेनिस माहरथी बार्सिलोनाले ३ करोड युरो खर्चेर क्याम्प नेउ भित्र्याएको थियो। 

त्यतिबेला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि रोनाल्डिन्होलाई लन्डनमा स्वागत गर्न चाहन्थ्यो। तर, उसको त्यो इच्छा कहिले पूरा भएन। 

बार्सिलोनाबाट ‘डेब्यू’ गर्ने क्रममा पनि उनले मध्य भागबाट बल ‘ड्रिबल’ गर्दै आफ्नो एकल प्रयासमा असम्भव झैं लाग्ने गोल गरे। सेभिया विरूद्ध यो सान्दार गोलसँगै स्पेनमा उनको लोकप्रियता चुलीमा पुगेको थियो। 

सन् २००५ को च्याम्पियन्स लिगमा उनले इंग्लिस क्लब चेल्सी विरूद्ध गरेको गोलको अहिले पनि चर्चा हुन्छ। लन्डनमा भएको खेलमा रोनाल्डिन्होले ३८ मिनेटमा एकल प्रयासद्वारा अर्को आकर्षक गोल गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

रोनाल्डिन्हो हरेक खेलमा फरक–फरक शैलीमा प्रस्तुत हुन्थे। उनको गोलको उत्सव मनाउने कला पनि अविष्मरणीय थियो। उनी जसरी दर्शनीय गोल गर्थे, त्यसरी नै खुसी मनाएर सबै दर्शकलाई असीमित आनन्द दिन्थे। 

चेल्सी विरूद्ध गरेको गोललाई उनी जीवनकै अविस्मरणीय मान्छन्। उनले त्यो गोलबारे भनेका पनि छन्, ‘सबै गोल कला भएर मात्र गरिँदैन। कुनै गोल यस्तो पनि हुन्छ, जुन अपत्यारिलो लाग्छ।’ 

विश्व फुटबलमा बार्सिलोना र रियल म्याड्रिड परस्पर विरोधी क्लब मानिन्छन्। दुबै क्लब एकआपसमा भिड्दा समर्थकहरू मैदानभित्र मात्र होइन, बाहिर पनि उत्तिकै हिंस्रक बन्ने गर्छन्। उनीहरू एकअर्काको विरोध गरेर कहिल्यै थाक्दैनन्। 

तर, यी दुबै क्लब एकआपसमा भिड्दा रोनाल्डिन्होको हकमा भने यस्तो अप्रिय घटना कहिल्यै भएन। रियलका समर्थक एक पल्ट घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रोनाल्डिन्होको सम्मानमा उठेका थिए। जुन खेलमा बार्सिलोनाले रियललाई हराएको थियो। यसअघि यस्तो सम्मान रियलका समर्थकले बार्सिलोनाबाट खेलेका अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई मात्र दिएका थिए। 

Xtrem

Xtrem

सन् २००३ देखि २००८ सम्म डच मिडफिल्डर फ्रान्क रिजकार्ड बार्सिलोनाको प्रशिक्षक थिए। त्यतिबेला रोनाल्डिन्होलाई उनले खुब प्रयोग गरे। उनले पद छोडेपछि युवा प्रशिक्षक पेप ग्वार्डिओला बार्सिलोनाको नयाँ प्रशिक्षक नियुक्त भए। यसपछि रोनाल्डिन्होको करिअर संकटमा पर्न थालेको फुटबल विश्लेषकहरूको विश्लेषण छ। 

लगत्तै रोनाल्डिन्हो स्पेनिस क्लब छोडेर इटालीको एसी मिलानमा आबद्ध भए। जति समय उनी बार्सिलोनामा रहे, उनले आफ्नो प्रभाव छोडे। अहिलेका स्टार खेलाडी लिओनल मेसीलाई उत्कृष्ट खेल्न प्रेरणा दिने गर्थे। 

उनले पहिलो अभ्यास सत्रमै मेसीको विषयमा भविष्यवाणी गरेका थिए। उनी भन्थे–‘बार्सिलोनामा मेसीले मेरो स्थान लिन्छन्।’ अझ उनी मेसी आफूभन्दा राम्रो खेलाडी बन्नेमा ढुक्क रहेको बताउँथे। मेसीले बार्सिलोनाका लागि ‘डेब्यू’ गोल गर्दा पास मिलाइदिने खेलाडी नै रोनाल्डिन्हो थिए। 

इटालीमा रोनाल्डिन्होको करिअरले उति गति लिन सकेन। फुटबल पण्डितहरू प्रचुर प्रतिभा भए पनि रोनाल्डिन्होले आफूलाई सोही अनुरुप ढाल्न नसकेको आरोप लगाउँछन्। उनीहरूको विश्लेषण छ, उनले खेलभन्दा रमाइलोमा बढी समय खर्चे। 

पिएसजीका तत्कालीन प्रशिक्षकले एकपल्ट उनीमाथि गम्भीर आरोप लगाएका थिए। प्रशिक्षणमा ध्यान नदिने, बढी बिदा माग्ने आरोप पनि उनीमाथि लाग्ने गरेको थियो। बार्सिलोनामा आबद्ध रहँदा उनी अभ्यास मैदानमा धेरै पल्ट नाइट क्लबकै पहिरन लगाएर पुगेको समाचार पनि प्रकाशन भएको थियो। 

खेल खस्किएपछि रोनाल्डिन्हो ब्राजिलको सन् २०१० विश्व कप टोलीमा अटाउन असफल रहे। अर्को वर्ष उनले इटाली छोडे। विस्तारै उनी विश्व फुटबलबाट ओझल हुँदैगए। उनले सन् २०१५ सम्म घरेलु फुटबल खेले। तर पछिल्लो दुई वर्ष उनी फुटबल मैदानबाट पनि बाहिर रहे। उनी दुई वर्षअघि भारतमा फाइभ ए साइड फुटबल खेल्न पनि आएका थिए।

१९ वर्षको चहकिलो फुटबलर करिअरको बिदाइ उनले सुखद ढंगले गर्न पाएनन्। फुटबल खेलेर उनले कति कमाए र कति गुमाए यो विश्लेषणको विषय होला। तर, उनी एक्काइसौं सताब्दीको उत्कृष्ट फुटबल खेलाडीको सूचीभित्र अटाउने कुरामा सायदै कसैको दुईमत होला। आफ्नो जादुगरी ‘फुटवर्क’ मार्फत विपक्षीलाई फनफनी नचाउने उनको अद्भूत कला सबैले ‘मिस’ गर्नेछन्।

रोनाल्डिन्होको खेल जीवन
सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा रोनाल्डिन्होको भूमिका महत्वपूर्ण थियो। उनले बार्सिलोनाबाट युरोपियन च्याम्पियन्स लिग र ला लिगाको उपाधि पनि उचाले। सन् २००५ मा ‘बालोन डि ओर’ जितेका उनी २१ शतब्दीका उत्कृष्ट फुटबलरमध्ये पर्छन्। 

जून १९९९ – होम टाउन हिरो 
रोनाल्डिन्होले सन् १९९९ मा १८ वर्षको उमेरमा ब्राजिलियन क्लब ग्रेमियोबाट खेल जीवन सुरु गरे। ग्रेमियोमा प्रभावशाली प्रदर्शनपछि राष्ट्रिय टिममा मौका पाएका उनले सन् २००१ को कन्फेडेरेसन कपमा ६ गोल गरेका थिए। 

जून २००२ – इंग्ल्यान्ड विरूद्ध गोल 
सन् २००२ को विश्वकप फुटबलमा ब्राजिलयन टिमले उत्कृष्ट प्रदर्शन गर्दा रोनाल्डिन्होको महत्वपूर्ण भूमिका थियो। उनले क्वार्टरफाइनलमा इंग्ल्यान्ड विरूद्ध विश्वस्तरीय गोल गरेका थिए। उनको प्रहारले बीचमा दिशा परिवर्तन गर्दै गोलपोस्टको जाली चुमेको थियो।

सेम्टेम्बर २००३ – बार्सिलोनामा प्रभाव
सन् २००२ को विश्व कपको ट्रफी उचाले पछि व्यावसायिक खेल खेल्न रोनाल्डिन्हो पेरिस सेन्ट जर्मेन (पिएसजी) फर्केका थिए। तर प्रशिक्षक लुइस फर्नान्डेजसँग उनको असमझदारी बढ्यो। त्यसपछि उनलाई बार्सिलोनाले भित्र्याउने प्रक्रिया थाल्यो। 

मार्च २००५ – चेल्सीविरूद्धको त्यो गोल 
सन् २००५ मा च्याम्पियन्स लिगमा बार्सिलोना चेल्सीविरुद्धको खेल हार्न पुग्यो। तर रोनाल्डिन्होको उद्भुत शैलीको अहिले पनि तारिफ हुने गरेको छ। 

नोभेम्बर २००५ – विश्वकै उत्कृष्ट खेलाडी 
रोनाल्डिन्होले नोभेम्बर २००५ मा फिफा ‘बालोन डि ओर’ को उपाधि जितेका थिए। उनी सम्मानित भएको एक साताअघि सेन्टियागोमा भएको खेलमा रोनाल्हिन्होलाई रियल म्याड्रिडका सामर्थकले उठेर सम्मान दिएका थिए। बार्सिलोनाले २००५–०६ को च्याम्पियन्स लिगको उपाधि जित्दा उनको प्रेरणादायी प्रदर्शन थियो। 

जून २००६ – विश्व कपमा निरस प्रदर्शन 
सन् २००६ को विश्वकप फुटबलमा रोनाल्डिन्हो, काका, एड्रियानो र रोनाल्डो रहेको ब्राजिलले राम्रो खेल्ने विश्वास गरिएको थियो। तर ब्राजिल क्वाटरफाइनलमै रोकियो। ब्राजिललाई फ्रान्सले पराजित गरेको थियो।

मे २००८– बार्सिलोनाबाट बाहिर 
सन् २००८ मा रोनाल्डिन्हो चोटग्रस्त मात्र बनेनन्, उनीमाथि अनुशाषन तोडेको आरोप लाग्यो। मे २००८ मा उनी बार्सिलोना छाडेर इटालियन क्लब एसी मिलानमा आबद्ध भए।

जनवरी २०११ – ब्राजिल फिर्ता
साढे दुई वर्ष मिलानबाट खेलेपछि उनी सन् २०११ मा ब्राजिल फर्के। उनी सन् २०१० को विश्व कप टोलीमा अटाउन सकेनन्। 


नेपाल लाभइ अर्काइभबाट। यो सामग्रीमा भएका केही अंशहरु हटाइएको तथा सम्पादन गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
सम्बन्धित सामग्री
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
पोर्चुगलमा रोनाल्डो बेन्चमा यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा पोर्चुगलले नर्वेलाई २–१ ले पराजित गरेको छ। क्रिस्टियानो रोनाल्डो बेन्चमा रहेका बेला जोआओ... सोमबार, असोज १२, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित विश्वकप विजेता स्पेनले शनिबार इंग्ल्यान्डलाई ३–२ ले पराजित गर्दै नेसन्स लिगमा विजयी सुरुआत गरेको छ। आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट मंगलबार, असोज १३, २०८३
कोशीदेखि बागमतीसम्मका एमाले नेतासँग ओलीको भर्चुअल सम्बोधन मंगलबार, असोज १३, २०८३
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्