काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई पराजित गरेको छ। नेपाली समयअनुसार शनिबार साँझ भएको खेलमा १० खेलाडीमा सिमित रहेको वुल्भ्सलाई सिटीले ३–० गोल अन्तरले हराएको हो।
खेल सुरु भएको ५५ सेकेन्डमै गोल गर्दै सिटीले सानदार सुरुआत गरेको थियो। डि ब्रुयेनाको पासमा ज्याक ग्रिलिसले ५५ सेकेन्डमै गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।
ब्रनाडो सिल्भाको पासमा अर्लिङ हल्याण्डले अर्को गोल गरेपछि सिटी २–० ले अग्रता बनाएको थियो। ग्रिलिसलाई नाथन कालिन्सले खराब फउल गरेपछि ३३ मिनेटबाटै वुल्भ्स १० खेलाडीमा सिमित भएको थियो।
६९ औं मिनेटमा ब्रुयनाकै पासमा फिल फोडेनले गोल गरेपछि सिटीले ३–० को जित निकाल्यो। जितसँगै ७ खेलबाट १७ अंक जोडेको सिटी लिगको शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।