काठमाडौं– इंग्लिस प्रिमियर लिगमा टोटनहामले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा टोटनहामले लेस्टर सिटीलाई ६–२ गोल अन्तरले हराउँदै सानदार जित निकालेको हो।
टोटहामको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफसम्ममा २–२ को बराबरीको खेलमा दोस्रो हाफमा थप ४ गोल गर्दै टोटनहामले सहज जित निकाल्यो।
छैटौं मिनेटमा युरी टेलीम्यान्सले पेनाल्टीमार्फत् गोल गर्दै लेस्टर सिटीलाई अग्रता दिलाएका थिए। लगत्तै आठौं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनहामलाई बराबरीमा ल्याए। २१ औं मिनेटमा एरिक डियरले गोल गर्दै टोटनहामलाई २–१ को अग्रता दिएका थिए।
४१ औं मिनेट जेम्स मेड्डिसनले गोल गर्दै लेस्टरलाई पहिलो हाफमा बराबरीमा ल्याएका थिए। दोस्रो हाफको ४७ औं मिनेटमा रोड्रिगो बेंटानकुरले गोल गरेपछि पुनः टोटनहामले अग्रता लिएका थियो।
त्यसपछि ५९ औं मिनेटमा रिचर्डसनको ठाउँमा मैदानमा छिरेका सनले ह्युग मिनले सनसनीपूर्ण ह्याट्रिक गरेपछि टोटनहामले ६–२ को जित निकाल्यो। सनले ७३, ८४ र ८६ मिनेटमा तीन गोल गर्दै ह्याट्रिक गरे।
जितसँगै ७ खेलबाट १७ अंक जोडेको टोटनहाम दोस्रो स्थानमा उक्लेको छ। समान अंक भएको म्यानचेस्टर सिटी गोल अन्तरका आधारमा पहिलो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।