काठमाडौं– इजरायली सेनाले शुक्रबार मध्यरातमा राजधानी दमास्कसस्थित अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणमा रहेको सैनिक स्थलमा गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच सैनिकको मृत्यु भएको सिरियाली सेनाले जनाएको छ।
बेलायतस्थित युद्ध पर्यवेक्षक, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएअनुसार सो आक्रमण दमास्कसको ग्रामीण इलाका र सय्यदा जैनाब क्षेत्रमा लक्षित थियो।
त्यस क्षेत्रमा लेबनानमा रहेको शिया आन्दोलन र पार्टीसँग सम्बन्धित गतिविधि केन्द्रित बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।