काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) पहेँलो धातु (सुन)को मूल्य घटेको छ। शुक्रबार चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
शुक्रबार तोलामा १० रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार १८० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।