काठमाडौं- ठूलो मात्रामा बरामद गरिएका म्याद गुज्रिएका खाद्य र कस्मेटिक्स वस्तुहरु नष्ट गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा बिहीबार तार्केश्वर नगरपालिका–४ स्थित पुरानो गुहेश्वरी क्षेत्रमा सो सामान फेला पारी नष्ट गरिएको हो ।
नियमित अनुगमनका क्रममा उपभोग्य मिति गुज्रिएर प्रयोगमा ल्याउन नमिल्ने अवस्थाका खाद्य वस्तु र कस्मेटिक्स सामानहरु पालिका प्रहरी र व्यापारीकाे राेहवरमा नष्ट गरिएको विभागले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नष्ट गरिएका सामानहरुमध्ये प्रोसेसिङ गरिएका प्याकेबन्द खानेकुरा, कस्मेटिक्स लगायत गरी २१ लाख ९९ हजार पाँच सय १३ रुपैयाँ बराबरको रहेको विभागले जनाएको छ ।
चाड पर्व नजिकिँदै गर्दा उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेकाे उक्त विभागले म्याद गुज्रिएका सामान पुनः प्रयोगमा ल्याउन नदिन बजार अनुगमन क्रमलाई तीव्रता दिँदै आएको छ।
1663251686.jpg)
1663251687.jpg)
1663251687.jpg)
1663251686.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।