काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप एक सय २६ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा तीन हजार सात सय ९० जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार छ सय ७४ जनाको पिसिआर र दुई हजार एक सय १६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा एक सय ३७ जना कोरोनाबाट मुक्त भएका छन्।
योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार नौ सय ७७ पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय २९ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १५ पुगेको छ। हाल होम आइसोलेशनमा दुई हजार ६२, संस्थागत आइसोलेशनमा ६७ र आईसियुमा १८ सङ्क्रमित रहेका छन्।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ। शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला, बझाङ र दार्चुला छन्।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा आठ सय ३१, ललितपुरमा तीन सय ५७ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन्। कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।