• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

महाभियोग सिफारिस समितिले बहकाउमा लाग्ने कि काम फर्छ्यौट गर्ने? : कल्याण श्रेष्ठ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, भदौ ३०, २०७९  १७:३५
1140x725

आफूविरुद्धको महाभियोग प्रस्तावको सामना गर्ने क्रममा छन्, चोलेन्द्र शमशेर राणा। यस क्रममा उनले महाभियोग सिफारिस समितिमा ५ दिन लगाएर ४३ प्रश्नको जवाफ दिएका छन्। तर, जवाफका क्रममा उनले अन्य धेरै व्यक्ति र पदाधिकारीमाथि पनि आक्षेप लगाइदिए। राणाले नाम लिएका त्यस्ता व्यक्ति र पदाधिकारीसँग पनि बयान लिने समितिले तयारी गरेको थियो। तर, सर्वोच्चको अदालतको फुल कोर्ट बैठकले बयानका लागि समितिमा नजाने निर्णय गर्‍यो। पूर्वप्रधानन्यायाधीशहरुले पनि नजाने निर्णय गर्दै केही सवालसहित समितिलाई पत्र पठाए। यसै सन्दर्भमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग दुर्गा दुलालले गरेको कुराकानीः

महाभियोग सिफारिस समितिले बोलाए पनि पूर्वप्रधानन्यायाधीशहरुले नजाने निर्णय गर्नुभयो। समितिले कसलाई बोलाउन मिल्ने र कसलाई बोलाउन नमिल्ने भन्ने विषय नबुझेको हो?
संसदीय छानबिन समितिले पनि प्रतिवादी बनाएर बोलाएको होइन होला। कारबाही र सजाय गर्न बोलाएको होइन होला। उनले (चोलेन्द्रले) केही भने, तर (त्यसरी भनिएकाहरुलाई) आफ्नो कुरा भन्ने मौका नै दिइएन भन्लान् भन्ने ठानेर बोलाएको हो कि? ढंग पुग्नु नपुग्नु, सैद्धान्तिक कुराहरु विचार गरेको नगरेको एउटा कुरा होला तर समितिले निहुँ नै खोजे जसरी हामीलाई समितिमा बोलाएको जस्तोचाहिँ लाग्दैन। सैद्धान्तिक, दार्शनिक र कानुनी कुरा आफ्नो ठाउँमा छ। तर समितिले त्यसमा कति विचार गर्नुपर्थ्यो भन्ने छँदैछ। समितिले विचार गरेर मात्र बोलाउने निर्णय लिनुपर्ने थियो।

समितिले राणाको एकोहोरो कुरा सुनेर मात्र बोलाएर अपरिपक्वता देखाएको जस्तो लागेन?
समितिले राणको कुरा पहिला सुन्यो अनि पत्र लेखेर हामीलाई बोलाएको देखिन्छ। हाम्रो बयानका बेला उनीचाहिँ नआउने अनि हामी जाने भन्ने हुँदैन। उनी नै नभएपछि हामीमाथि लगाएको आरोपमा 'फेस टु फेस' कुरा गर्न पाउँदैनौँ। उनीसँग आखा जुधाएर कुरा गर्ने भए अलग थियो। तर अब यी कुरामा नजाऔँ। हामी समितिमा नजाने कुरा हामीले लेखेर समितिलाई प्रष्ट रुपमा दिएका छौँ।

nimb
nimb
Ncell 2
Ncell 2

1608560441_Kalyan Kuma Shrestha (19).JPG

महाभियोग सिफारिस समितिले छानबिन गर्ने र प्रतिवेदन तयार गर्नुपर्ने हो। तर, महाभियोग लागेका राणाको कुरा सुन्ने मात्रै कुराले समितिको ओझ रहन्छ?
त्यो त तपाईंहरुले हेरिराख्नुभएकै छ। गएगुज्रेको  देखिएको छ। ढंगले कारबाही अगाडि बढाएको, ढंगले बयान लिएको देखिँदैन। बयान लिनै जाने कि जानेनन् भन्ने प्रश्न छ। अनुसन्धान त परको कुरा भयो। बयान दिएको हो कि भाषण गरेको हो? वक्तव्य दिएको हो कि बयान दिएको हो? त्यस्तो प्रश्न पनि छ। यो संसद्को कुरा हो, संसद्ले नै जानोस्। 

संविधानले महाभियोग सिफारिस समितिको जस्तो परिकल्पना गरेको छ। त्यसअनुसार काम गरेको त देखिएन, होइन?
यो त मैले किन भन्नु र? ढंगले बयान लिनुपर्‍यो नि। बयान जस्तो बयान लिनुपर्‍यो नि। बयानको ठाउँमा भाषण दिने हो र? भाषण गर्ने ठाउँ हो र? बयानमा त प्रश्न अनुसारको जवाफ माग्ने हो नि। जुन प्रश्नको जे उद्देश्य हो, त्यो हासिल गर्ने गरी जवाफ माग्ने हो। प्रष्ट जवाफ आएन भने पुरक प्रश्न गर्ने हो। त्यो सीप र ढंग त समितिले देखाउनुपर्‍यो नि। अप्रासंगिक, असान्दर्भिक र अन्यत्र बहकिन दिने होइन नि। बयान गर्ने आवरणमा स्वयं संसद् त्यो फैसलाबाट पुनःस्थापित भएको भनेको होइन र? महाभियोग सिफारिस समिति त्यही संसद्को अंग होइन र? अनि यो संसद् नै गैरकानुनी रुपमा पुनः स्थापित भएको हो, त्यसैले महाभियोग सिफारिस समिति पनि अवैधानिक हो भन्ने किसिमको निष्कर्ष निस्किने गरी भनेको कुराको पनि निराकरण गर्न नसक्ने?

संसद्‌मा गरिने बहस र कारबाहीले सर्वोच्च अदालतदेखि अन्य निकाय र पदाधिकारीहरु, सामान्य जनताको पनि सम्मान र प्रतिष्ठा ध्यान दिनुपर्छ। उनीहरुलाई अन्यथा असर नपर्ने गरी आफ्नो उद्देश्यमा केन्द्रित गर्ने गरी बयान लिनुपर्छ, होइन र? त्यस्तो पो उद्देश्य हुनुपर्छ। संसद्‌भित्र गएपछि जसले जे भने पनि हुने विशेषाधिकार माग गर्ने भए त उदेश्य हासिल हुन्छ त? त्यसकारणले यसमा केही प्रश्न अवश्य छ। ढंगले बयान लिन जानेको भए यसरी अनपेक्षित रुपमा अरुको मान प्रतिष्ठामा आक्रमण हुँदैनथ्यो। त्यो जवाफदेहिता समितिको थियो। समितिको अध्यक्षता गर्ने व्यक्तिको थियो। समितिले बहकाउमा लाग्ने कि काम फर्छ्यौट गर्ने हो? 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्