काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामा मूल्य वृद्धि दोब्बर बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थामा देशको आर्थिक वृद्धि दर दोब्बर बढेको देखिएको हो।
यस अवधिमा मूल्य वृद्धि दर ८.२६ प्रतिशत पुगेको छ। सरकार र राष्ट्र बैंकले सात प्रतिशत हुने लक्ष्यभन्दा माथि मूल्य वृद्धि पुगेको हो। गत आर्थिक वर्षको साउनमा मूल्य वृद्धि दर ४.३५ प्रतिशत थियो। मूल्य वृद्धि दर लगभग दोब्बरले उक्लिएको हो।
खाद्य तथा पेय पदार्थको ७.११ र गैरखाद्य तथा सेवातिरको ९.१८ प्रतिशतले मूल्य वृद्धि उक्लिएको छ। गत असारमा मूल्य बृद्धि ८.०८ प्रतिशत थियो। साउनमा थप उक्लिएको हो। खाद्यभन्दा पनि गैरखाद्यतिरको मूल्य वृद्धि अधिक भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।