काठमाडौं- महाअभियोग सिफारिस समितिको छानबिनको क्रममा नाम नलिइएका नेपाल बार एशोसिएशनका पदाधिकारीहरुलाई बैठकमा बस्न दिइएको छैन।
समितिको बुधबारको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहालवाला कानून व्यवसायी र न्यायाधीशहरुलाई बोलाउने निर्णय गरेको थियो।
बिहीबार समितिको बैठकमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र अधिवक्ता हर्क रावल उपस्थित भएका थिए। तर उनीहरुको नाम चोलेन्द्रले नलिएको भन्दै समितिको बैठकमा बस्न नदिएको जनाइएको छ।
बैठकमा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, हरिहर दाहाल, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल सहभागी भएका छन्। उनीहरुसँग छलफल भइरहेको महाअभियोग छानविन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।