काठमाडौं- महाअभियोग छानबिन समितिको बयानमा क्रममा निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम लिएका नेपाल बार एसोसिएसनका पदाधिकारी र वरिष्ठ अधिवक्ता छलफलका लागि बयानका लागि छानबिन समितिमा पुगेका छन्।
महाअभियोग छानविन समितिले जबराले नाम लिएका नेपाल बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरुलाई बयानका लागि बोलाएको थियो। सोही अनुरुप चोलेन्द्रले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू बयानका लागि महाअभियोग छानविन समितिमा पुगेका हुन्।
उनीहरुलाई महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।