काठमाडौं– एएफसी यू-२० एसियन कप छनोटमा नेपाल घरेलु टिम बहराइनसँग फराकिलो अन्तरले पराजित भएको छ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति बहराइनसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो।
बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे। कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे।
यस जितसँगै समूह 'बी' को बहराइनले पहिलो जित निकालेको छ। बहराइनले २ खेलमा ४ अंक जोडेको छ।
नेपाल अंकविहीन रहँदै तालिकाको पुछारमा छ। साथै नेपाल प्रतियोगिताबाट समेत बाहिरिएको छ।
पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो।
अब नेपालले अन्तिम खेलमा आइतबार बंगलादेशसँग खेल्नेछ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।