• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पूर्वन्यायाधीशहरु भन्छन्- चोलेन्द्रले न्यायाधीश छान्न पाइनँ, सबै न्यायाधीशलाई महाभियोग लगाइदिनुस् भनेर न्यायिक विचलन पुष्टि गरे

64x64
कल्पना घिमिरे बुधबार, भदौ २९, २०७९  २२:३६
1140x725

काठमाडौं– पूर्वन्यायाधीशहरुले अहिले अदालत कठिन मोडमा रहेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधि सभामा प्रधानन्यायाधीश रहेका चोलेन्द्र शमशेर राणाको महाभियोगमाथि बयान चलिरहँदा र उनले पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र कानुन व्यवसायीहरुमाथि नै आरोप लगाइरहँदा पूर्वन्यायाधीशहरुले अदालतलाई धेरै विवादित राणाकै कार्यकालमा बनाइएको आरोप लगाएका छन् ।

उनीहरुले आफूहरुले पहिलोपटक कुनै बहालवाला प्रधानन्यायाधीशविरुद्ध  आन्दोलन गर्नुपर्ने, हटाउनुपर्नेदेखि महाभियोगसम्म दायर गरे भनेर बोल्नु परेको भन्दै उनीहरुले यो सा+च्चै दु:खद अवस्था भएको बताएका छन् । तर, यिनै प्रधानन्यायाधीश जो साढे ६ महिनादेखि निलम्वनमा थिए उनले नै आरोप लगाएपछि पूर्वन्यायाधीशहरुले पत्रकार सम्मेलन नै गरेर आफ्नो बचाउ पनि गरेका छन् । संसदीय समितिमा उफ्रिएर राणाले मण्डलेहरु भनी आरोप लगाएपछि पूर्वन्यायाधीशहरुले राणालाई उनकाे 'खेदजनक टिप्पणी' पुष्टि गर्न चुनौती दिए । उनीहरुले अदालतभित्र जे कार्य भए र त्यसलाई सहन नसकेर नागरिकको कर्तव्य सम्झेर आफूहरुले टिप्पणी गरेको भन्दै उनीहरुले महाभियोगलाई टुङ्गोमा पुर्‍याउन माग गरे ।

उनीहरुले महाभियोग असोज २ गतेपछि संसदको कार्यकाल सकिएपछि समाप्त नहुने प्रष्ट पारेका छन् । उनीहरुले महाभियोगमाथि लागेको आरोपमा कि त सफाई पाउनुपर्ने कि त ठहर हुनुपर्ने, त्योबाहेक अन्य प्रक्रियावाट नसकिने उनीहरुको तर्क छ। उनीहरुले दुई वर्षअघि जे जे आरोप राणामाथि लगाइएको थियो त्यो अहिले उनले समितिमा उभिएर धेरै स्वीकार गरेको पनि बताए । 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवन ओझाले न्यायलयमा केही समस्या छ भन्ने कुरा पुष्टि फेरि पनि भएको बताए । राणामाथि तत्कालीन समयमा आरोप लगाउँदा धेरैले विश्वास नगरेको तर अहिले उनको बयानले यो कुरा पुष्टि गरेको ओझाले बताए । ‘विवाद त छ तर कुन म्याग्निच्यूडमा छ? कति छ? अझै पुष्टि हुन सकेको छैन,’ उनले भने ‘अब न्यायालयको त धेरै समाचार आइसक्यो र न्यायाधीशहरूभित्र पनि न्यायिक समस्या छ भन्ने प्रष्ट भएको छ।’ सबैभन्दा धेरै समस्या प्रधान न्यायाधीशमा हुने गरेको देखिएको उनले बताए । न्यायको काम कारबाहीमा पनि खुब समस्या भएको भन्ने कुराहरू पनि आइरहेको उनले बताए । 

‘कस्तो समस्या छ कति छ, के छ? कुन स्तरमा छ, कति राम्रो छ, कति नराम्रो छ भन्ने कुरो छुट्टिने सम्भावना अब देखिएको छ,’ उनले भने, ‘चोलेन्द्र शमशेर राणाको फैसला, आचार र उहाँले गरेको आदेशहरु हेरेर नै उहाँप्रति धेरै फोकस भएको हो ।’ न्यायिक विचलनमा राणा बाहेकका न्यायाधीशहरु पनि छन् भन्ने कुराहरू आएको तर त्यो समय अनुसार खुल्दै जाने उनको आश छ । ‘अब यसको लागि हामीले केही गर्नु पर्छ भने आवाज निरन्तर रुपमा उठाइरहनुपर्छ । अभियोग लाग्दैमा सबै कुरा सुध्रिँदै जान्छ भन्ने हुँदैन । अदालत सुधार गर्ने कुरा निरन्तरको प्रक्रिया हो।’ उनले भने ‘एउटा कुरा के चै साँचो हो भने वहाँ हुदा धेरै विवाद भयो।’ पछिल्लो समय न्याय परिषद्ले धेरै सुधार थालेको उनले बताए ।

केहि गलत रुपमा नियुक्त भएका न्यायाधीशहरुलाई हटाउनेदेखि गम्भीर खालका न्यायिक विचलनमा अनुसन्धान गर्ने कार्य थालनी भएको उनले बताए । विगतमा यस्तो कार्य नहुदाँ समस्या भएको उनले बताए । यसलाई कार्यक्रम नै बनाएर नियमित रुपमा गर्ने हो भने न्यायालय सुधार हुने उनले बताए । 

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले सर्वोच्च अदालतमा पार्टीका न्यायाधीशहरु लैजान थालेपछि समस्या आएको बताए । अझ सबैभन्दा धेरै समस्या २०६२/६३ पछि शुरु भएको उनले बताए । 

२०६३ सालको संविधानले झन व्यापक बढाएको उनले बताए । ‘न्याय परिषदको गठन विधि नै परिवर्तन भयो। त्यसपछि ०७२ सालमा त कुरै भएन। कहाँसम्म भयो भने न्यायालय नै बाँकी नरहने गरि नियुक्ति भए’ उनले भने, ‘शक्ति पृथकीकरण,  स्वतन्त्र न्यायपालिका, व्यवस्थापिका, कार्यपलिका तिनीहरूको बीचमा शक्ति पृथकीकरण नै समाप्त भयो ।’ 

Ncell 2
Ncell 2

अहिले महाभियोगमा बयान दिइरहेका चोलेन्द्र शमशेर राणाको बयान हेर्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको सेटिङ थियो भन्ने देखिएको उनले आरोप लगाए । 

‘मैले भनेको हैन तर संसदको महाभियोग छानबिन समितिमा दिएको बयान हेर्दा केपी ओलीसँग चोलेन्द्रको सेटिङ थियो भन्ने पुष्टि नै हुन्छ’ उनले भने, ‘मैले यो यो फलानो फलानो न्यायाधीश राख्न खोजेको थिएँ। मानेनन्, मलाई दुःख लाग्यो। अनि प्रधान न्यायाधीशले हात जोडेर फैसला गर्ने पाँच जनामाथि महाअभियोग मिलाइदिनु भनेर भनेको छु ।’  कार्यकारीसँग यसरी भेटेर भन्ने अनि संसदीय समितिमा आएर यस्तो बयान दिने कार्य नै महाभियोगका लागि प्रमाण भएको उनले बताए । 

‘अदालतको प्रमुखले कार्यकारीसँग यसरी कुरा भएको थियो, उहाँले भनेअनुसारको न्यायाधीश राखेर फैसला गर्न खोजेको थिएँ भनेर संसदीय समितिमा भन्नु आफैँमा कहाँसम्मको विकृति हो?’ उनले भने, ‘यस्तो अवस्थामा हामीले खेलाचीँ गरेर उनीप्रति कुनै प्रतिशोध लिने गरेर कुनै व्यक्तिगत दुश्मनी वा वैरभाव लिएर आवाज उठाएको होइन भन्ने पुष्टि भएको छ।’ 

राणाबाटै हदैसम्म न्यायालय खतम हुन लागेको अवस्था भएको अहिले झनै पुष्टि भएको उनले बताए । आफूहरुले वाचडग भएर आवाज उठाएको उनले बताए । न्यायपालिकामा धेरै कुराहरू योभन्दा अगाडि पनि पूर्वन्यायाधीशहरुले आफ्नो मागमार्फत बाहिर ल्याएको र अहिले ति कुरा पुष्टि भइरहेको बताए । 

‘अब न्यायपरिषदको पुनर्गठन हुनुपर्छ। न्यायपालिकामा पुन: नियुक्ति हुनुपर्छ। यो महाअभियोग पनि राजनीति जस्तो खेलाचीँ भइरहेको छ’ उनले भने, ‘महाअभियोग जस्तो गम्भीर आरोपमा खेलाचीँ गर्ने होइन। यसलाई गम्भीररुपमा लिएर निर्णय गर्नुपर्छ। गम्भीर नहुनेलाई जनताले निर्वाचनमा विचार गर्नुपर्छ ।’ 

अर्का पूर्वन्यायाधीश शम्भुबहादुर खड्काले सडकमा रहोस् अथवा जो जहाँ रहोस्, जुन परिस्थितिमा रहोस् यो न्यायालय भनेको संविधानको धरोहर भएकाले आवाज उठाएको बताए । 

अदालत अति संवेदनशील भएको कारणले गर्दा पनि आफूहरु बोल्न वाध्य भएको उनले बताए । ‘हस्पिटलले विरामीको उपचार गर्छ । यदि हस्पिटलले गलत उपचार गरे भने के हुन्छ?’ उनले भने,  ‘एउटा मान्छेको ज्यान जान्छ। तर न्यायालय पनि उपचार गर्ने ठाउँ हो। त्यहाँबाट गलत भयो भने के हुन्छ। मान्छे जिउँदै मर्छ।’ 

हस्पिटलमा त मरेर सकिन्छ,। तर न्यायालयमा त मान्छे जिउँदै मर्ने उनले बताए । ‘न्याय पाउनु पर्नेले नपाउने र दोषी चाहिं उम्कने भयो भने न्यायालयको के अर्थ?’ उनले बताए।
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्। बुधबार, माघ ७, २०८२
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको जनाएका हुन् । बुधबार, माघ ७, २०८२
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली गृह जिल्ला झापामा 'जेन–जी' आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्