• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पूर्वन्यायाधीशहरु भन्छन्- चोलेन्द्रले न्यायाधीश छान्न पाइनँ, सबै न्यायाधीशलाई महाभियोग लगाइदिनुस् भनेर न्यायिक विचलन पुष्टि गरे

64x64
कल्पना घिमिरे बुधबार, भदौ २९, २०७९  २२:३६
1140x725

काठमाडौं– पूर्वन्यायाधीशहरुले अहिले अदालत कठिन मोडमा रहेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधि सभामा प्रधानन्यायाधीश रहेका चोलेन्द्र शमशेर राणाको महाभियोगमाथि बयान चलिरहँदा र उनले पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र कानुन व्यवसायीहरुमाथि नै आरोप लगाइरहँदा पूर्वन्यायाधीशहरुले अदालतलाई धेरै विवादित राणाकै कार्यकालमा बनाइएको आरोप लगाएका छन् ।

उनीहरुले आफूहरुले पहिलोपटक कुनै बहालवाला प्रधानन्यायाधीशविरुद्ध  आन्दोलन गर्नुपर्ने, हटाउनुपर्नेदेखि महाभियोगसम्म दायर गरे भनेर बोल्नु परेको भन्दै उनीहरुले यो सा+च्चै दु:खद अवस्था भएको बताएका छन् । तर, यिनै प्रधानन्यायाधीश जो साढे ६ महिनादेखि निलम्वनमा थिए उनले नै आरोप लगाएपछि पूर्वन्यायाधीशहरुले पत्रकार सम्मेलन नै गरेर आफ्नो बचाउ पनि गरेका छन् । संसदीय समितिमा उफ्रिएर राणाले मण्डलेहरु भनी आरोप लगाएपछि पूर्वन्यायाधीशहरुले राणालाई उनकाे 'खेदजनक टिप्पणी' पुष्टि गर्न चुनौती दिए । उनीहरुले अदालतभित्र जे कार्य भए र त्यसलाई सहन नसकेर नागरिकको कर्तव्य सम्झेर आफूहरुले टिप्पणी गरेको भन्दै उनीहरुले महाभियोगलाई टुङ्गोमा पुर्‍याउन माग गरे ।

उनीहरुले महाभियोग असोज २ गतेपछि संसदको कार्यकाल सकिएपछि समाप्त नहुने प्रष्ट पारेका छन् । उनीहरुले महाभियोगमाथि लागेको आरोपमा कि त सफाई पाउनुपर्ने कि त ठहर हुनुपर्ने, त्योबाहेक अन्य प्रक्रियावाट नसकिने उनीहरुको तर्क छ। उनीहरुले दुई वर्षअघि जे जे आरोप राणामाथि लगाइएको थियो त्यो अहिले उनले समितिमा उभिएर धेरै स्वीकार गरेको पनि बताए । 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवन ओझाले न्यायलयमा केही समस्या छ भन्ने कुरा पुष्टि फेरि पनि भएको बताए । राणामाथि तत्कालीन समयमा आरोप लगाउँदा धेरैले विश्वास नगरेको तर अहिले उनको बयानले यो कुरा पुष्टि गरेको ओझाले बताए । ‘विवाद त छ तर कुन म्याग्निच्यूडमा छ? कति छ? अझै पुष्टि हुन सकेको छैन,’ उनले भने ‘अब न्यायालयको त धेरै समाचार आइसक्यो र न्यायाधीशहरूभित्र पनि न्यायिक समस्या छ भन्ने प्रष्ट भएको छ।’ सबैभन्दा धेरै समस्या प्रधान न्यायाधीशमा हुने गरेको देखिएको उनले बताए । न्यायको काम कारबाहीमा पनि खुब समस्या भएको भन्ने कुराहरू पनि आइरहेको उनले बताए । 

‘कस्तो समस्या छ कति छ, के छ? कुन स्तरमा छ, कति राम्रो छ, कति नराम्रो छ भन्ने कुरो छुट्टिने सम्भावना अब देखिएको छ,’ उनले भने, ‘चोलेन्द्र शमशेर राणाको फैसला, आचार र उहाँले गरेको आदेशहरु हेरेर नै उहाँप्रति धेरै फोकस भएको हो ।’ न्यायिक विचलनमा राणा बाहेकका न्यायाधीशहरु पनि छन् भन्ने कुराहरू आएको तर त्यो समय अनुसार खुल्दै जाने उनको आश छ । ‘अब यसको लागि हामीले केही गर्नु पर्छ भने आवाज निरन्तर रुपमा उठाइरहनुपर्छ । अभियोग लाग्दैमा सबै कुरा सुध्रिँदै जान्छ भन्ने हुँदैन । अदालत सुधार गर्ने कुरा निरन्तरको प्रक्रिया हो।’ उनले भने ‘एउटा कुरा के चै साँचो हो भने वहाँ हुदा धेरै विवाद भयो।’ पछिल्लो समय न्याय परिषद्ले धेरै सुधार थालेको उनले बताए ।

केहि गलत रुपमा नियुक्त भएका न्यायाधीशहरुलाई हटाउनेदेखि गम्भीर खालका न्यायिक विचलनमा अनुसन्धान गर्ने कार्य थालनी भएको उनले बताए । विगतमा यस्तो कार्य नहुदाँ समस्या भएको उनले बताए । यसलाई कार्यक्रम नै बनाएर नियमित रुपमा गर्ने हो भने न्यायालय सुधार हुने उनले बताए । 

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले सर्वोच्च अदालतमा पार्टीका न्यायाधीशहरु लैजान थालेपछि समस्या आएको बताए । अझ सबैभन्दा धेरै समस्या २०६२/६३ पछि शुरु भएको उनले बताए । 

२०६३ सालको संविधानले झन व्यापक बढाएको उनले बताए । ‘न्याय परिषदको गठन विधि नै परिवर्तन भयो। त्यसपछि ०७२ सालमा त कुरै भएन। कहाँसम्म भयो भने न्यायालय नै बाँकी नरहने गरि नियुक्ति भए’ उनले भने, ‘शक्ति पृथकीकरण,  स्वतन्त्र न्यायपालिका, व्यवस्थापिका, कार्यपलिका तिनीहरूको बीचमा शक्ति पृथकीकरण नै समाप्त भयो ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले महाभियोगमा बयान दिइरहेका चोलेन्द्र शमशेर राणाको बयान हेर्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको सेटिङ थियो भन्ने देखिएको उनले आरोप लगाए । 

‘मैले भनेको हैन तर संसदको महाभियोग छानबिन समितिमा दिएको बयान हेर्दा केपी ओलीसँग चोलेन्द्रको सेटिङ थियो भन्ने पुष्टि नै हुन्छ’ उनले भने, ‘मैले यो यो फलानो फलानो न्यायाधीश राख्न खोजेको थिएँ। मानेनन्, मलाई दुःख लाग्यो। अनि प्रधान न्यायाधीशले हात जोडेर फैसला गर्ने पाँच जनामाथि महाअभियोग मिलाइदिनु भनेर भनेको छु ।’  कार्यकारीसँग यसरी भेटेर भन्ने अनि संसदीय समितिमा आएर यस्तो बयान दिने कार्य नै महाभियोगका लागि प्रमाण भएको उनले बताए । 

‘अदालतको प्रमुखले कार्यकारीसँग यसरी कुरा भएको थियो, उहाँले भनेअनुसारको न्यायाधीश राखेर फैसला गर्न खोजेको थिएँ भनेर संसदीय समितिमा भन्नु आफैँमा कहाँसम्मको विकृति हो?’ उनले भने, ‘यस्तो अवस्थामा हामीले खेलाचीँ गरेर उनीप्रति कुनै प्रतिशोध लिने गरेर कुनै व्यक्तिगत दुश्मनी वा वैरभाव लिएर आवाज उठाएको होइन भन्ने पुष्टि भएको छ।’ 

राणाबाटै हदैसम्म न्यायालय खतम हुन लागेको अवस्था भएको अहिले झनै पुष्टि भएको उनले बताए । आफूहरुले वाचडग भएर आवाज उठाएको उनले बताए । न्यायपालिकामा धेरै कुराहरू योभन्दा अगाडि पनि पूर्वन्यायाधीशहरुले आफ्नो मागमार्फत बाहिर ल्याएको र अहिले ति कुरा पुष्टि भइरहेको बताए । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अब न्यायपरिषदको पुनर्गठन हुनुपर्छ। न्यायपालिकामा पुन: नियुक्ति हुनुपर्छ। यो महाअभियोग पनि राजनीति जस्तो खेलाचीँ भइरहेको छ’ उनले भने, ‘महाअभियोग जस्तो गम्भीर आरोपमा खेलाचीँ गर्ने होइन। यसलाई गम्भीररुपमा लिएर निर्णय गर्नुपर्छ। गम्भीर नहुनेलाई जनताले निर्वाचनमा विचार गर्नुपर्छ ।’ 

अर्का पूर्वन्यायाधीश शम्भुबहादुर खड्काले सडकमा रहोस् अथवा जो जहाँ रहोस्, जुन परिस्थितिमा रहोस् यो न्यायालय भनेको संविधानको धरोहर भएकाले आवाज उठाएको बताए । 

अदालत अति संवेदनशील भएको कारणले गर्दा पनि आफूहरु बोल्न वाध्य भएको उनले बताए । ‘हस्पिटलले विरामीको उपचार गर्छ । यदि हस्पिटलले गलत उपचार गरे भने के हुन्छ?’ उनले भने,  ‘एउटा मान्छेको ज्यान जान्छ। तर न्यायालय पनि उपचार गर्ने ठाउँ हो। त्यहाँबाट गलत भयो भने के हुन्छ। मान्छे जिउँदै मर्छ।’ 

हस्पिटलमा त मरेर सकिन्छ,। तर न्यायालयमा त मान्छे जिउँदै मर्ने उनले बताए । ‘न्याय पाउनु पर्नेले नपाउने र दोषी चाहिं उम्कने भयो भने न्यायालयको के अर्थ?’ उनले बताए।
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्