मुम्बइ- मनि लाउन्ड्रिङ केसमा बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिजसँग प्रहरीले बुधबार सोधपुछ गर्ने भएको छ। उनी सुकेश चन्द्रशेखरको मनी लाउन्ड्रिङ मुद्दाका आरोपितसँग जोडिएकी हुन्।
यही मुद्दाका लागि उनी प्रहरीकहाँ पुग्दैछिन्। प्रहरीको आर्थिक अपराध महाशाखाले उनीसँग सोधपुछ गर्नेछ। ११ बजे प्रहरीकहाँ पुग्ने उनले बताएकी छन्।
उनी २०० करोड भन्दा बढीको ठगीका मास्टरमाइन्ड सुकेशसँग उनको सम्बन्ध बारे पनि खोजबिन हुनेछ। उनीहरु प्रेम सम्बन्धमा रहेको समेत चर्चा हुने गरेको छ।
सुकेशसँग ज्याकलिनले महंगो गिफ्ट लिएको पाइएको छ। १० करोड बराबरको गिफ्ट उनले पाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। सुकेशसँग कतिपल्ट भेट भएको तथा मनि लाउन्ड्रिङमा सघाएकोबारे समेत अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।