काठमाडौं- नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह ‘बी’ बिजेताका रूपमा सोमबार वुमेन्स साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको हो। दशरथ रंगशाला भएको खेलमा नेपालले समूहको अन्तिम लिग खेलमा श्रीलंकालाई ६-० ले हरायो।
नेपाल प्रतियोगिताको सेमिफाइनल पुगेको यो लगातार छैटौं संस्करण हो। नेपालका लागि रश्मिकुमारी घिसिङ, सरु लिम्बू, अमृता जैसी र दीपा शाहीले एक- एक गोल गरे। साथै अमिशा कार्कीले दुई गोल गरिन्।
श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।